close

पासवर्ड सुरक्षित राख्नका लागि उपयुक्त ३ प्लेटफर्म

टेकपाना टेकपाना

जेठ ६, २०८० १७:२९

पासवर्ड सुरक्षित राख्नका लागि उपयुक्त ३ प्लेटफर्म

काठमाडौं । हाम्रा जति पनि अनलाइन अकाउन्ट छन्, प्रायः सबैका लगइन विवरण हुने गर्छन् । उदाहरणका लागि फेसबुकमै लगइन गर्नुपर्‍यो भने हामीले युजरनेम, ईमेल वा फोन नम्बर र पासवर्ड राख्नुपर्ने हुन्छ ।

यदि हामीले पासवर्ड वा युजरनेम गलत राख्यौं भने लगइन गर्नै सकस पर्छ । त्यसैले यस्ता अकाउन्टका पासवर्ड तथा लगइन विवरण सुरक्षित राख्न खोजिरहेका हुन्छौं । आज हामी विभिन्न डिभाइसमा सपोर्ट हुने यस्ता तीन ओटा टुलको बारेमा जानकारी दिँदैछौं, जसले तपाईंको पासवर्ड सुरक्षित राख्न मद्दत गर्छन्:

बिटवार्डेन

बिटवार्डेन यस्तो ओपन सोर्स पासवर्ड मेनेजर हो, जसलाई तपाईं आफ्नो लगइन विवरण सुरक्षित राख्न प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्ताबाट उच्च रेटिङ पाएको यो एपलाई धेरैले सबैभन्दा सुरक्षित प्लेटफर्मका रूपमा पनि व्याख्या गरेका छन् ।

बिटवार्डेन निःशुल्क प्रयोग गर्न सकिने यस्तो टुल हो, जसलाई सामान्य ज्ञान भएका मानिसहरूले पनि प्रयोग गर्न सक्छन् । यद्यपि शुल्क तिरेर केही प्रिमियम फिचरहरू प्रयोग गर्न चाहनेका लागि प्रिमियम भर्सन पनि उपलब्ध छ ।

यो टुलले एईएस-२५६ सेवा प्रयोग गरेर इन्ड-टु-इन्ड इन्क्रिप्टन भल्टमा प्रयोगकर्ताका संवेदनशील डेटा सुरक्षित राख्छ । एईएस-२५६ इन्क्रिप्सन सबैभन्दा कडा सुरक्षा प्रोटोकल हो । यसलाई अहिलेसम्म कसैले पनि क्रयाक गर्न नसकेको कम्पनीको दाबी छ ।

यसैगरी बिटवार्डेनले आफ्नो वेबसाइटमा प्रयोगकर्ताको संवेदनशील डेटामा कम्पनीको टिमले पनि पहुँच पाउन नसक्ने उल्लेख गरिएको छ । यदि विटवार्डेनमा पनि थप सुरक्षाका उपाय अपनाउन मल्टि-फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ ।\

त्यस्तै यसमा बायोमेट्रिक लगइन फिचर पनि रहेको छ । जसले गर्दा वाह्य व्यक्तिले बिटवार्डेनकको पासवर्ड पाएको खण्डमा पनि फिङ्गरप्रिन्ट वा फेसलक नभई लगइन गर्न सक्दैन । त्यसैले पासवर्ड तथा संवेदनशील लगइन डिटेल सुरक्षित राख्न चाहनुहुन्छ भने यो टुल प्रयोग गर्न सक्नुहुन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ, आईओएस प्रयोगकर्ताले यहाँ, विन्डोज प्रयोगकर्ताले यहाँ, लिनक्स प्रयोगकर्ताले यहाँ र म्याक ओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।

नोर्डपास

नोर्ड भीपीएनका रूपमा परिचित छ । त्यसबाहेक पनि कम्पनीले सुरक्षित पासवर्ड मेनेजरको सुविधा उपलब्ध गराउँदै आएको छ । विन्डोज, एन्ड्रोइड, म्याकओएस, आईएस र लिनक्सका लागि यो टुल उपयुक्त हुन्छ । निःशुल्क उपलब्ध यस टुलका प्रिमियम फिचरहरू प्रयोग गर्न भने शुल्क तिर्नुपर्ने हुन्छ ।

प्रयोगकर्ताका डेटा इन्क्रिप्ट गर्न नोर्डपासले एक्सचाचा २० ( XChaCha20 ) इन्क्रिप्सन एल्गोरिदम प्रयोग भएको छ । जहाँ एईएस-२५६ सबैभन्दा उत्कृष्ठ इन्क्रिप्सनका रूपमा परिचित छ भने एक्सचाचा २० सुरक्षित एल्गोरिदलमा रूपमा परिचित छ ।

यी दुई एल्गोरिदमको भिन्नता भनेको प्रयोग गर्ने तरिका मात्र हो । त्यसबाहेक दुई किसिमका एल्गोरिदम पासवर्ड सुरक्षित राख्ने सन्दर्भमा उत्कृष्ट नै मानिन्छ । नोर्डपासले अटोमेटिक लगइन, पासवर्ड इम्पोर्ट तथा सिङ्किङ (Syncing) तथा सुरक्षित क्रेडिट कार्ड एक्सेस उपलब्ध गराएको छ । त्यस्तै नोर्डपास सुरक्षित राख्न मल्टिफ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सकिन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ, आईओएस प्रयोगकर्ताले यहाँ, विन्डोज प्रयोगकर्ताले यहाँ, म्याकओएस प्रयोगकर्ताले यहाँ र लिनक्स प्रयोगकर्ताले यहाँ क्लिक गरी एप डाउनलोड गर्न सक्नुहुन्छ ।

ड्याशलेन

विभिन्न अपरेटिङ सिस्टम जस्तै एन्ड्रोइड, आईओएस, विन्डोज, लिनक्स, म्याकओएसका लागि उपयुक्त ड्याशलेन धेरैले रुचाएको पासवर्ड मेनेजर हो । प्रयोगकर्तालाई विभिन्न फिचरहरू उपलब्ध गराउनुका साथै डेटा सुरक्षित राख्ने कुरामा पनि कम्पनी प्रतिवद्ध छ ।

यस प्लेटफर्मले एईएस-२५६ एल्गोरिदम प्रयोग गरी प्रयोगकर्ताको डेटा सुरक्षित राख्छ । बिटवार्डेन तथा नोर्डपास जस्तो ड्याशलेनले पनि प्रयोगकर्ता बाहेक अरूले पासवर्ड प्राप्त नगर्ने गरी सुरक्षा प्रदान गर्ने दाबी गरेको छ ।

त्यस्तै प्रयोगकर्ताको ईमेल वा अन्य लगइन विवरण कतै लिक भएको छ वा छैन भन्ने कुराको पनि जानकारी दिने गर्छ ।

ड्याशलेनमा लगइन गर्नका लागि पिन, बायोमेट्रिक वा पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

डेक्स्टपमा निःशुल्क प्रयोग गर्नका लागि ड्याशलेनले कुनै सुविधा दिएको छैन । त्यसबाहेक एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएसले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नेछन् । एन्ड्रोइड तथा आईओएस मा यो टुल निःशुल्क प्रयोग गर्न सकिन्छ ।

यसो त इन्टरनेटमा थुप्रै पासवर्ड मेनेजर रहेका छन् । विशेषगरी गुगलको पासवर्ड मेनेजर, वनपासवर्ड, किपर, रोबोफर्म, कीपास, लास्टपास बढी प्रयोग हुने पासवर्ड मेनेजर हुन् ।

पछिल्लो अध्यावधिक: असार २२, २०८० १७:३८