close

अब एनआईसी एसिया बैंकको केवाईसी भिडिओ कलबाटै अपडेट गर्न सकिने

टेकपाना टेकपाना

जेठ १०, २०८० ८:२२

अब एनआईसी एसिया बैंकको केवाईसी भिडिओ कलबाटै अपडेट गर्न सकिने

काठमाडौं । अब एनआईसी एसिया बैंकका ग्राहकले आफ्नो केवाईसी अपडेट गर्नका लागि बैंक नै जानुपर्ने वाध्यता हटेको । बैंक सुरु गरेको नयाँ व्यवस्था अनुसार अब ग्राहकले आफ्नो केवाईसी भिडिओ कल मार्फत नै अपडेट गर्न सक्नेछन् । 

साथै आफ्नो केवाईसीमा हस्ताक्षर, मोबाइल नम्बर वा ईमेल एड्रेस अपडेट, बचत खाताको स्किम परिवर्तन तथा खाता सुचारु गर्न पनि भिडिओ केवाईसी (भिडिओ कल) मार्फत गर्न सक्ने भएका छन् । 

यसअघि बैंकले भिडिओ केवाईसी प्रणाली अनलाइन खाता खोल्ने ग्राहकका लागि मात्र उपलब्ध गराएको थियो । अब भने आफ्नो केवाईसी अपडेटसँगै अन्य सामान्य विवरण परिवर्तनको लागि पनि भिडिओ केवाईसी माध्यम प्रयोग गर्न मिल्ने भएको छ । 

भीडिओ केवाईसीको सेवा लिनका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर बैंकको वेबसाइटमा जानुहोस् । त्यसपछि माथि दायाँपट्टि रहेको 'अप्लाई नाउ'को अप्सनमा ट्याप गर्नुहोस् । 

यति गरेपछि 'अप्लाई अनलाइन ई-केवाईसी (Apply Online EKYC) को अप्सनमा जानुहोस् । अनि आफूले कुन सेवा लिन लागेको हो त्यसमा क्लिक गरी भिडिओ केवाईसी मार्फत आफ्नो जानकारी अपडेट गर्न सक्नुहुन्छ ।

यसरी भिडिओ कल गर्दा सेवाग्राहीले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे अनुसारका विवरण र कागजात देखाउनुपर्ने हुन्छ ।  

यस प्रणालीबाट बैंकसम्म पुग्न नसक्ने वा विदेशमा रहेका ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० ८:२२