close

नयाँ प्रयोगकर्तालाई फुडमान्डुको अफर, पहिलो अर्डरमा २५ प्रतिशत छुट

टेकपाना टेकपाना

जेठ ११, २०८० १९:५७

नयाँ प्रयोगकर्तालाई फुडमान्डुको अफर, पहिलो अर्डरमा २५ प्रतिशत छुट

काठमाडौं । चर्चित फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ अभियान ‘फर्स्ट बाइट’ ल्याएको छ । नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरूलाई लक्षित गर्दै कम्पनीले यो अभियान सञ्चालनमा ल्याएको हो ।

यस योजनामा नयाँ प्रयोगकर्ताले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत (अधिकतम ५०० रूपैयाँसम्म) छुट पाउनसक्ने कम्पनीको भनाइ छ ।

यसका लागि प्रयोगकर्ताले फुडमान्डुको एपबाट अर्डर गर्दा अंग्रेजीमा ‘FIRSTBITE’ भौचर कोड प्रयोग गर्नुपर्ने हुन्छ । यो कोड प्रयोग गरेसँगै प्रयोगकर्ताले छुट पाउने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० १७:३१