close

ह्वावेको फाइभजी नेटवर्कमाथि प्रतिबन्ध लगाउँदै पोर्चुगल

टेकपाना टेकपाना

जेठ १५, २०८० १०:९

ह्वावेको फाइभजी नेटवर्कमाथि प्रतिबन्ध लगाउँदै पोर्चुगल

काठमाडौं । एकपछि अर्को गर्दै विभिन्न देशहरूले चिनियाँ प्रविधि कम्पनी ह्वावेमाथि प्रतिबन्ध लगाउने क्रम जारी छ । ह्वावेलाई प्रतिबन्ध लगाउने देशहरुको सूचीमा अब पोर्चुगल पनि थपिने भएको छ ।

ब्लुमबर्गमा प्रकाशित एक लेखका अनुसार पोर्चुगलको सरकारले यस हप्तै एउटा प्रस्ताव राखेको छ जसमा स्थानीय सेवाप्रेदायकहरूलाई युरोपेली संघ बाहिरका आपूर्तिकर्ताहरू वा नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नाटो) वा अर्गनाइजेसन फर इकोनोमिक कोपरेसन एन्ड डेभलपमेन्ट (ओसीईडी) को सदस्य नभएका  देशहरूबाट फाइभजी उपकरणहरू आयात गर्न प्रतिबन्ध लगाउने भनेर उल्लेख गरिएको छ ।  

पोर्चुगलको साइबरसुरक्षाका लागि भन्दै यस्तो प्रस्ताव ल्याएको बताइउको छ । युरोपेली संघ, नाटो अथवा ओसीईडीको क्षेत्राधिकार बाहिरका कम्पनीहरूले देशको वायरलेस नेटवर्कको सुरक्षामा उच्च जोखिम निम्त्याउने पोर्चुगलका सरकारको भनाइ छ । 

चीन यी मध्ये कुनै पनि संघमा आबद्ध छैन । पछिल्लो समया ह्वावेले फाइभजीको क्षेत्रमा तिव्र रुपमा काम गरिरहेकोले सो कम्पनी पोर्चुगलको प्रतिबन्धमा पर्नसक्ने संकेत देखिएको छ ।   

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १०:९