close

दुई नयाँ भेरियन्टमा नेपाल भित्रिए ‘लुयान’ ब्रान्डका सस्ता बिजुली स्कुटर

टेकपाना टेकपाना

जेठ १७, २०८० १३:३६

दुई नयाँ भेरियन्टमा नेपाल भित्रिए ‘लुयान’ ब्रान्डका सस्ता बिजुली स्कुटर

काठमाडौं । लुयान ब्रान्डका एमएनके थ्री मोडेलका दुई नयाँ भेरियन्टका बिजुली स्कुटर नेपाली बजार भित्रिएका छन् । लुयानका लागि नेपालको आधिकारिक बिक्रेता जेरो इमिसन नेपालले यी स्कुटर बजारमा भित्र्याएकाे हाे ।

यसअघि एमएनके मोडेलको लिड एसिड ब्याट्री बिक्री गर्दै आएकोमा अब कम्पनीले ग्रफिन र लिथियम आयन ब्याट्री भर्सनका बिजुली स्कुटर बिक्री गर्ने भएको छ । यी सबै भेरियन्टका स्कुटर सुन्तला रङ्ग र रातो रङ्गमा उपलब्ध भएका छन् ।

कम्पनीले लिड एसिड ब्याट्री भर्सनको मूल्य एक लाख ७३ हजार ७०० रुपैयाँ, ग्रफिन ब्याट्री भेरियन्टको मूल्य एक लाख ८२ हजार ७०० रुपैयाँ र लिथियम आयन ब्याट्री भर्सनको मूल्य दुई लाख ४० हजार ३०० रुपैयाँ कायम गरेको छ ।

नयाँ भेरियन्टमा केही विशेष फिचरहरू समावेश भएको कम्पनीले जनाएकाे छ । विशेषगरी यी स्कुटरमा एनएफसी सेन्सर कार्ड रहेको छ, जसले गर्दा यसमा की इन्ट्री र एन्टी थेप्ट अलार्म एक्टिभेट हुने सिस्टम जडान गरिएको छ ।

त्यस्तै यसमा  टर्न सिग्नल लाइट र बजर अलर्ट समेत रहेको छ ।

यी भेरियन्टका स्कुटरमा १५०० वाट क्षमताका लिक्विड कुल्ड हब मोटर, ७२ भोल्ट ३२ एम्पियरको ब्याट्री र ७२ भोल्ट ५० एम्पियरको कन्ट्रोलर जडान गरिएको छ ।

कम्पनीका अनुसार यो स्कुटर एक पटकको फुल चार्जमा ५५ देखि ६० को स्पिडमा ७० देखि ८० किमि र ३५ देखि ४५ को स्पिडमा ८० देखि १०० किमि गुडाउन सकिन्छ ।

यसैगरी स्कुटरको अगाडिपट्टिको चक्कामा डिस्क ब्रेक र  पछाडिको चक्कामा सेरामिक ड्रम ब्रेक रहेको छ । यसमा भएको अटो ह्विल लक, चाइल्ड लक र यूएसबी पोर्ट जस्ता सुविधाले यस स्कुटरलाई सुरक्षित बनाउने कम्पनीकाे दाबी छ ।

लुयान एमएनके थ्री स्कुटरको रिभ्यु भिडिओः

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १३:४