close

डेटा सेन्टर र इन्टरनेट सेवामा डिशहोमले पायो आईएसओ मान्यता

टेकपाना टेकपाना

जेठ १८, २०८० १४:१२

डेटा सेन्टर र इन्टरनेट सेवामा डिशहोमले पायो आईएसओ मान्यता

काठमाडौं । डीटीएच तथा इन्टरनेट सेवाप्रदायक डिश मिडिया नेटवर्क लिमिटेडले डेटा सेन्टर र इन्टरनेट सेवाका लागि आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ । 'अमेरिको क्वालिटी स्ट्यान्डर्ड रजिस्टेक'ले हालै आफूलाई यो प्रमाणीकरण प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको  योजना, चुस्त नेतृत्व, कार्य सम्पादन मूल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी उक्त निकायले ISO9001:2015​ प्रदान गरेकाे डिशहाेमले उल्लेख गरेकाे छ ।

स्याटलाइट टेलिभिजनमार्फत सेवा थालेको कम्पनीले हाल इन्टरनेट सेवा पनि सञ्चालन गरिरहेको छ । त्यस्तै कम्पनीले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डेटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।

''नेपालको पे टिभी इन्डस्ट्रीमा आमूल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशैभरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र चौबिसै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ,'' डिशहाेमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्य सम्पादनको कारणले गर्दा नै कम्पनीले आईएसओ प्रमाणीकरण पाएकाे कम्पनीकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १४:३४