close

अक्टोबरमा स्न्यापड्रागन एट जेन थ्री चिपसेट सार्वजनिक गर्दै क्वालकम

टेकपाना टेकपाना

जेठ २०, २०८० १२:१४

अक्टोबरमा स्न्यापड्रागन एट जेन थ्री चिपसेट सार्वजनिक गर्दै क्वालकम

काठमाडौं । क्वालकमले आउँदो अक्टोबर महिनाको अन्त्यतिर स्न्यापड्रागन एट जेन थ्री (snapdragon 8 gen 3) चिपसेट सार्वजनिक गर्ने पक्का भएको छ । डिभाइसको पफर्मेन्स र पावर एफिसियन्सी बढाउने बाचासहित कम्पनीले चिपसेटको सार्वजनिक मिति तय गरेको हो ।

कम्पनीका अनुसार यो चिपसेट अक्टोबरको २४ देखि २६ तारिख अन्तर्गत एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिनेछ । बाहिरिएको जानकारी यो चिपसेटको डिजाइन 1+2+2+3 (पहिलेको जस्तो) नभइ 1+5+2 डिजाइन गरिएको  छ ।

यसले डिभाइसको पफर्मेन्समा फरक ल्याउने कम्पनीको भनाइ छ । बाहिरिएको जानकारी अनुसार यो चिपसेट सबैभन्दा सुरुमा साओमीको १४ सिरिजका स्मार्टफोनहरूमा प्रयोग गरिनेछ ।

यसका लागि कम्पनीले सम्झौता पनि गरिसकेको छ । लगत्तै यो चिपसेट भिभोको एक्स१०० सिरिज, आईक्यूओ‌ओ स्मार्टफोनको १२ सिरिज, रेड्मीको के७० सिरिज, वानप्लसको १२  सिरिज र रियलमीको जीटीफाइभमा पनि प्रयोग गरिने तय भइसकेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८० १२:१४