close

रिबुट र रिसेटमा नझुक्किनुहोस्, यस्तो छ फरक

टेकपाना टेकपाना

जेठ २२, २०८० १८:२६

रिबुट र रिसेटमा नझुक्किनुहोस्, यस्तो छ फरक

काठमाडौं । फोन ह्याङ भयो भने तपाईँ के गर्नुहुन्छ ? पक्कै पनि तपाईँको जवाफ हुनसक्छ 'रिस्टार्ट गर्ने' । तपाईँ मात्र होइन, धेरैजसो मोबाइल प्रयोगकताले आफ्नो फोन ह्याङ हुँदा गर्ने पहिलो काम नै फोन रिस्टार्ट गर्ने हो ।

योसँगै हरेक डिभाइसमा अन्य अप्सन पनि हुन्छन्; रिबुट वा रिसेट । तर यी दुई फिचर एकै हुन् वा फरक हुन् भन्ने विषयमा धेरै अन्याैल हुने गरेकाे पाइन्छ । हेर्दा उस्तै लागेपनि रिबुट र रिसेट एक आपसमा फरक छन् ।

डिभाइस रिबुट 

रिबुटको अर्थ हो, तपाईँको डिभाइसले एकैपटक दुई काम गर्नु । पहिलो, डिभाइस सबै प्रकारका पावरबाट डिस्कनेक्ट भए शटडाउन हुनु र दोस्रो तत्काल रिस्टार्ट हुनु हाे ।

यसले सामान्यतः: मोबाइल, कम्प्युटर लगायतका डिभाइसका स-साना समस्या समाधान गर्ने काम गर्दछ । यो फिचर प्रयोग गर्दा तपाईँको डिभाइस खरिद गरेर पहिलोपटक अन गरेको जस्तै गरी सुरु हुन्छ ।

यसले डिभाइसमा भएका विभिन्न अस्थायी मेमोरी डिलिट गर्ने काम गर्छ । साथै यसले डिभाइसमा समस्या उत्पन्न हुनेगरी प्रयोग भइरहेका प्रोग्रामहरू पनि बन्द गर्ने गर्छ ।

यसले डिभाइसको पफर्मेन्स सुधार गर्न, डिभाइसको स्पिड बढाउन र केही स्पेस खाली गर्न मद्दत गर्छ । कहिलेकाहीँ यसले डिभाइसको सफ्टवेयरका सामान्य समस्याहरू समाधान गर्न सघाउँछ ।

डिभाइस रिसेट 

रिसेटभन्दा धेरै फरक छ रिबुट । यसले डिभाइसको समस्या समाधान गर्ने काम मात्र गर्दैन, तपाईँको डिभाइसमा भएका सबै डेटा, एप र सेटिङहरू नै डिलिट गरिदिन्छ ।

यसो गर्दा तपाईँको डिभाइसको सेटिङ नयाँ खरिद गर्दाको समयको जस्तै खाली र सेटिङहरू पुन: नयाँ जस्तै हुनेगर्छ । डिभाइसमा आएका समस्याहरू समाधान नभइसकेपछि अन्तिम विकल्पमा प्रयोग गरिने फिचर रिसेट हो ।

यो फिचर विशेषगरी डिभाइसमा मालवेयर आक्रमण हुँदा, डिभाइस स्लो वा धेरै ह्याङ हुँदा प्रयोग गरिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० १८:४३