close

स्मार्ट टिभीको लागि ट्वीटर भिडिओ एप सार्वजनिक गर्दै एलन मस्क

टेकपाना टेकपाना

असार ४, २०८० १०:३५

स्मार्ट टिभीको लागि ट्वीटर भिडिओ एप सार्वजनिक गर्दै एलन मस्क

काठमाडौं । ट्वीटरले स्मार्ट टिभीको लागि छुट्टै भिडिओ एप सार्वजनिक गर्ने भएको छ । एलन मस्कले एक ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् ।

कम्पनी अब भिडिको सामग्रीमा पनि केन्द्रित हुने भन्दै उनले यो नयाँ योजनाको खुलासा गरेका हुन् ।

उनको ट्वीटमा ट्वीटरको भिडिओ एप पनि आउनुपर्‍यो भन्ने कमेन्टमा रिप्लाइ गर्दै यो सेवा आउँदैछ भन्ने जानकारी दिएका थिए । कम्पनीका नयाँ कार्यकारी प्रमुख लिन्डा याकारिनोले पनि आफ्नो ट्वीट मार्फत भिडिओ प्लेटफर्ममा काम गरिरहेको जानकारी दिएकी छन् । 

यो एपको लागि कम्पनीमा आन्तरिक काम भइरहेको बताइएको छ । 
                     

पछिल्लो अध्यावधिक: असार ४, २०८० १०:३५