close

अब भेरिफाइड नभएका प्रयोगकर्ताले प्रतिदिन ६०० ट्वीट मात्र पढ्न पाउने

टेकपाना टेकपाना

असार १७, २०८० ८:२४

अब भेरिफाइड नभएका प्रयोगकर्ताले प्रतिदिन ६०० ट्वीट मात्र पढ्न पाउने

काठमाडौं । एक  पछि अर्को गर्दै एलन मस्कले ट्वीटरमा नयाँ-नयाँ नियम थप गर्दै गइरहेको छ । मस्कले आफ्नो ट्वीट अर्को नयाँ नियमको घोषणा गरेको छ । 

अब ट्वीटरमा आफ्नो अकाउन्टको क्याटगरी अनुसार सीमित ट्वीट मात्र पढ्ने पाउने व्यवस्था लागेको छ । मस्कका अनुसार भेरिफाइड नभएका अकाउन्टका प्रयोगकर्ताले अब प्रतिदिन ६०० ट्वीट मात्र पढ्न पाउनेछन् । 

साथै नयाँ अकाउन्ट भएका प्रयोगकर्ताले भने प्रतिदिन ३०० ट्वीट मात्र पढ्न पाउनेछन् । यसैगरी भेरिफाइड अकाउन्ट भएका प्रयोगकर्ताले एक दिनमा ६००० ओटा ट्वीट पढ्न सक्नेछन् ।

यसको अर्थ प्रयोगकर्ताले अब दिनभर ट्वीटरमा समय बिताउनका लागि ब्लु चेकमार्क खरिद गर्नुपर्नेछ । तर यो सीमितता चाँडै नै बढ्ने कुरामा पनि मस्कले बताएका छन् । 

पहिलो ट्वीट गरेको केही समयमा नै अर्को ट्वीट गर्दै उनले प्रतिदिन ट्वीट पढ्न पाउने सीमिततालाई बढाएर ट्वीटर ब्लुमार्क भएको प्रयोगकर्ताले प्रतिदिन ८००० ट्वीट र भेरिफाइड नभएका प्रयोगकर्ताले प्रतिदिन ८०० ट्वीट पढ्न पाउने व्यवस्था लागू गरिने बताए ।  
 

डेटा सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको मस्कले बताएका छन् । शुक्रबार मात्रै ट्वीटरले अकाउन्ट नभएका प्रयोगकर्ताले ट्वीट पढ्न नपाउने व्यवस्था अनौपचारिक रुपमा लागू गरेको थियो । यद्यपि यो दुवै फिचर अस्थायी रुपमा मात्र रहने मस्कले बताएका छन् ।   
 

पछिल्लो अध्यावधिक: असार १७, २०८० ८:३१