close

नास्टमा उपकुलपति पदका लागि आवेदन खुला

टेकपाना टेकपाना

असार ६, २०८० ९:२६

नास्टमा उपकुलपति पदका लागि आवेदन खुला

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)मा उपकुलपति पदका लागि आवेदन खुला गरिएको छ । नास्टले एक सूचना जारी गर्दै रिक्त भएको उपकुलपति पदका लागि आवेदन खुलेको जानकारी दिएको हो ।

“नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति सिफारिसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ऐन, २०४८ को दफा १९ को उपदफा (१ क) बमोजिम विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूमध्येबाट सिफारिस गर्नुपर्ने भएको छ,” सूचनामा लेखिएको छ, “यसका लागि विज्ञान तथा प्रविधिको क्षेत्रमा आफूले पुर्‍याएको योगदान, विज्ञान तथा प्रविधिको क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो कार्य योजना र वैयक्तिक विवरण (बायो डेटा) समेत समावेश गरी लिखित रूपमा कार्यालय समयभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवेदन दिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

योग्यता पुगेका इच्छुक व्यक्तिले आइतबार (असार १० गते) सम्म आवेदन दिन प्रतिष्ठानले आह्वान गरेको छ । 

 

पछिल्लो अध्यावधिक: असार ६, २०८० ९:२६