close

आफ्नो पहिलो स्मार्टवाच ल्याउँदै नथिङ, के डिजाइन फोन जस्तै होला पारदर्शी ?

टेकपाना टेकपाना

असार ७, २०८० १०:२८

आफ्नो पहिलो स्मार्टवाच ल्याउँदै नथिङ, के डिजाइन फोन जस्तै होला पारदर्शी  ?

काठमाडौं । नथिङ ब्रान्डले यस अघि नै नथिङ फोन स्मार्टफोन वन र टीडब्लूएस हेडफोन बजारमा ल्याइसकेको छ । नयाँ फोन मोडल टु पनि यही ११ जुलाईमा सार्वजनिक हुँदैछ । तर सँगसँगै कम्पनीले स्मार्टवाच बजारमा समेत प्रवेश गर्ने देखिएको छ ।

इन्साइडर मुकुल शर्माले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) को वेबसाइटमा मोडल नम्बर डी३९५ रहेको नयाँ नथिङ डिभाइस फेला पारेका छन् । उक्त ग्याजेट स्मार्टवाच खण्डमा सूचिकृत रहेको छ ।

उक्त घडी नथिङ ब्रान्ड अन्तर्गत अथवा नथिङको सहायक ब्रान्ड सीएमएफ अन्तर्गत आउन सक्छ । त्यसो त यसको ट्रेडमार्कका लागि कम्पनीले रजिस्ट्रेसनका लागि दिएको निवेदन फेला परेको थियो ।

तर बीआईएस सर्टिफिकेसनमा उक्त स्मार्टफोनको विवरण भने देखिएको छैन । त्यसैले उक्त वाच अहिलेलाई रहस्यकै विषय बनेर रहेको छ । तर उक्त स्मार्टवाचको डिजाइन कस्तो होला भन्ने कुरा भने निकै कौतुहलताको विषय बनेको छ । 

पछिल्लो अध्यावधिक: असार ७, २०८० १०:२८