close

तयार हुँदै फक्सवागनको सस्तो विद्युतीय कार, कति होला मूल्य ?

टेकपाना टेकपाना

असार १३, २०८० ११:३५

तयार हुँदै फक्सवागनको सस्तो विद्युतीय कार, कति होला मूल्य ?

काठमाडौं । विद्युतीय सवारीको बजारमा बढ्दै गएको प्रतिस्पर्धामा फक्सवागनले आफ्नो सस्तो मूल्यको सवारी ल्याउने भएको छ । 

कम्पनीले बजारको मागलाई ध्यानमा राख्दै सस्तो विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी बाहिर आएको छ । कम्पनीले आईडी वान (ID.1) नामक विद्युतीय सवारी निर्माण गरिरहेको छ । 

कम्पनीले हालै सार्वजनिक गरेको आईडी टु (ID.2) को तुलनामा सानो आकारको हुने बताइएको छ । यसमा ब्याट्री प्याक पनि कम हुनेछ जसले गर्दा यसको रेन्जलाई सीमित गर्नसक्छ ।

बाहिरिएको जानकारी अनुसार फक्सवागनको ‘आईडी वान’ ३८ किलोवाट प्रति घण्टा र ५८ किलोवाट प्रति घण्टा ब्याट्रीको भेरियन्टमा उपलब्ध हुनेछ ।

साथै यो शहरी क्षेत्रमा प्रयोग गर्नका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । कारको विषयमा अन्य जानकारी भने बाहिरिन बाँकी नै छ ।   

उक्त सवारीको मूल्य १७ हजार युरो (करिब साढे २४ लाख रुपैयाँ) पर्ने अनुमान गरिएको छ । सस्तो र राम्रो विद्युतीय सवारी खोज्ने ग्राहका लागि यो कार उपयुक्त हुने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८० ११:३५