close

कम्प्युटरको टास्क बारमै च्याटजीपीटी राख्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असार २७, २०८० १८:५५

कम्प्युटरको टास्क बारमै च्याटजीपीटी राख्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । च्याटजीपीटीको चर्चापछि त्यसको निर्माता कम्पनी ओपन एआईसँग माइक्रोसफ्टले सहकार्य गरेको थियो । त्यसपछि च्याटजीपीटीलाई उक्त कम्पनीले आफ्नो ब्राउजर बिङमा समावेश गर्‍यो । अहिले कम्पनीले विन्डोज ११ को टास्क बारमा च्याटजीपीटी सहितको बिङ एआई उपलब्ध गराउन थालेको छ ।

यदि तपाईंको कम्प्युटरमा विन्डोज ११ छ र पछिल्लो अपडेट इन्स्टल गर्नु भएको छ भने टास्क बारमा च्याटजीपीटी भएको सर्चबार देख्न सक्नुहुन्छ । यसलाई गुगलको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ ।

कुनै ब्राउजर वा वर्ड फाइल कतै काम गरिरहेको छ र तत्कालै कुनै जानकारी आवश्यक पर्‍यो भने सोझै च्याटजीपीटीसँग सोध्न सकियोस् भन्ने हिसाबले कम्पनीले टास्क बारमा बिङ एआई समावेश गरेको हो ।

यदि तपाईंको कम्प्युटरमा विन्डोज ११ छ र पछिल्लो अपडेट पनि इन्स्टल गर्नु भएको छ, तर बिङ एआई टास्क बारमा देखिएको छैन भने तलको तरिका अपनाउनुहोस् । 


विन्डोज ११ को टास्कबारमा च्याटजीपीटी कसरी इनेबल गर्ने ?

- सबैभन्दा पहिले विन्डो की र  आई (Windows key + I) कि थिचेर सेटिङमा जानुहोस् ।
- अनि बायाँपट्टि रहेको 'प्राइभेसी र सेक्युरिटी' (Privacy and security) अप्सनमा क्लिक गर्नुहोस् ।
- यति गरेपछि 'मोर सेटिङ' को तल शो सर्च (Show Search) अप्सन राखिएको हुन्छ । त्यसलाई इनेबल गर्नुहोस् ।

तर, कतिपयलाई टास्कबारमा च्याटजीपीटी हुँदा दिक्क लागेको हुनसक्छ । विशेषगरी आफ्नो ध्यान विकेन्द्रित नहोस् वा टास्क बारमा बढी आइकन नदेखिउन् भन्ने चाहना हुनसक्छ । यस्तोमा टास्कबारबाट सर्चको अप्सन हटाउने सुविधा पनि छ ।  

टास्कबारबाट च्याटजीपीटी कसरी हटाउने ?
- सबैभन्दा पहिले विन्डोज की र आई (Windows key + I) थिच्नुहोस् ।
- अनि बायाँपट्टि भएको प्राइभेसी एन्ड सेक्युरिटी (Privacy and Security) मा क्लिक गर्नुहोस् ।
- त्यसपछि सर्च पर्मिसन (Search Permission) भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
- यति गरेपछि मोर सेटिङ (More Setting) को तल शो 'सर्च हाइलाइट्स' (Show search hightlights) को अप्सन अफ गर्नुहोस् ।

यसरी विन्डोज ११ को टास्ट बारबाट च्याटजीपीटी भएको बिङ एआईको सर्च आइकन हटाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार २७, २०८० १८:५५