close

अर्को हप्ता सार्वजनिक हुँदै च्याटजीपीटीको एन्ड्रोइड एप

टेकपाना टेकपाना

साउन ६, २०८० १४:३०

अर्को हप्ता सार्वजनिक हुँदै च्याटजीपीटीको एन्ड्रोइड एप

काठमाडौं । गत वर्षको नोभेम्बरमा सार्वजनिक भएको च्याटजीपीटीको मोबाइल एप एन्ड्रोइडमा पनि एप उपलब्ध हुने भएकाे छ । यसअघि आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध एप ओपनएआईले एन्ड्रोइडमा पनि उपलब्ध गराउन लागेकाे हाे ।

ओपनएआईले एक ट्वीट गर्दै आगामी सातादेखि औपचारिक रूपमा च्याटजीपीटीकाे एन्ड्रोइड संस्करण उपलब्ध हुने जानकारी दिएको हो । तर प्ले स्टाेरमा अहिले नै ​च्याटजीपीटीको एन्ड्रोइड एप डाउनलोड गर्न सकिन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

च्याटजीपीटीका सक्रिय प्रयोगकर्ता घट्न थालेपछि कम्पनीले आफ्नो एन्ड्रोइड एप विकास गरेकाे हाे ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८० १६:३०