close

नेपालमा पनि उपलब्ध भयो च्याटजीपीटीको एन्ड्रोइड एप, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

साउन १६, २०८० १०:७

नेपालमा पनि उपलब्ध भयो च्याटजीपीटीको एन्ड्रोइड एप, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । नेपालबाट पनि ओपनएआईको एआई च्याटबट च्याटजीपीटीको एन्ड्रोइडमा एप इन्स्टल गर्न सकिने भएको छ । अघिल्लो साता भारत, अमेरिका, ब्राजिल र बङ्गलादेशमा मात्र उपलब्ध एन्ड्रोइड एप अन्ततः  सोमबारदेखि नेपालमा पनि उपलब्ध भएको हो ।

च्याटजीपीटीको एप इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस् । यदि पहिले नै रजिस्टर गर्नु भएको छ भने एप स्वतः तपाईंको डिभाइसमा इन्स्टल हुन्छ । अन्यथा एपको नाम सर्च गरेर वा लिङ्कमार्फत एपमा जानुपर्ने हुन्छ ।

प्ले स्टोरमा च्याटजीपीटीका थुप्रै नक्कली एप भएकाले प्रयोगकर्ता झुक्किने सम्भावना उच्च छ । त्यसैले भरसक लिङ्कमार्फत एप डाउनलोड गर्नुपर्ने हुन्छ । यदि एप सर्च गर्नुभयो भने पनि डेभलपरमा ओपनएआई भए/नभएको निश्चित गर्नुपर्ने हुन्छ । 

- सहजै पहुँच पाउन सकिने

जसरी मोबाइलमा भएका अन्य एपहरू सजिलै प्रयोग गर्न सकिन्छ, त्यसरी नै च्याटजीपीटीको एप पनि प्रयोग गर्न सकिन्छ । विशेषगरी ब्राउजरमा च्याटजीपीटीको साइटमा गएर च्याटजीपीटी प्रयोग गर्ने हो भने केही झन्झटिलो लाग्न सक्छ । त्यसैले सजिलै एप प्रयोग गर्न एप इन्स्टल गर्न सक्नुहुन्छ । 

- बारम्बार लगइन गर्नु नपर्ने 

च्याटजीपीटी वेबसाइट प्रयोग गर्दा अकाउन्ट कतिबेला लग आउट हुन्छ भन्न सकिँदैन । त्यसैले पनि हामीलाई बारम्बार अकाउन्ट लगइन गरिरहनु पर्ने हुन्छ । तर, एपमा भने त्यस्तो समस्या नहुने कम्पनीले उल्लेख गरेको छ । 

- युजर फ्रेन्ड्ली इन्टरफेस 

च्याटजीपीटीको वेबसाइट प्रयोगकर्ताका लागि उपयोगी भए पनि इन्टरफेस त्यति राम्रो छैन । किनभने वेबसाइटको इन्टरफेसमा च्याटजीपीटीले के के गर्न सक्छ, के गर्न सक्दैन भन्ने कुरा उल्लेख गरेको छ ।

बारम्बार वेबसाइटमा त्यही सूचना देख्दा प्रयोगकर्ता कुनै न कुनै रूपमा यूआईबाट दिक्क थिए । यता एपमा भने सामान्य इन्टरफेस राखिएको छ । एप खोल्ने बित्तिकै सोझै च्याट गर्न सकिन्छ । 

एपका अन्य फिचरहरू भने वेब भर्सनको च्याटजीपीटीको जस्तै छन् ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८० १०:१३