close

तपाईंलाई कस्तो लाग्यो च्याटजीपीटीको नयाँ लुक्स ?

टेकपाना टेकपाना

साउन १९, २०८० १३:३४

तपाईंलाई कस्तो लाग्यो च्याटजीपीटीको नयाँ लुक्स ?

काठमाडौं । ओपनएआईको च्याटबट च्याटजीपीटीको नयाँ यूआई अपडेट भएको छ । च्याटजीपीटी घोषणा भएकै दिनबाट लागू भएको यूआई (युजर इन्टरफेस) अन्ततः बिहीबारदेखि अपडेट भएको हो ।

यसअघि च्याटजीपीटीको वेब ब्राउजरमा उक्त टुलले के के गर्न सक्छ, के के सक्दैन, प्रयोगकर्ताले के कस्ता प्रश्न सोध्न सक्छन् भन्ने कुरा उल्लेख गरिएको थियो । नयाँ यूआईसँगै कम्पनीले उक्त टुल परिमार्जन गरेको छ ।

नयाँ यूआईबाट च्याटजीपीटीको सीमितता उल्लेख गरिएको सेक्सन हटाइएको छ । अपडेट भएको होमपेजको सबैभन्दा माथि जीपीटी ३.५ र जीपीटी ४ को अप्सन राखिएको छ ।

शुल्क तिर्ने प्रयोगकर्ताले जीपीटी ४ प्रयोग गर्न पाउनेछन् भने शुल्क नतिर्ने प्रयोगकर्ताले जीपीटी ३.५ नै प्रयोग गर्नुपर्ने हुन्छ । जीपीटी फोरको अप्सन होम पेजमा कम्पनीले पहिलो पटक समावेश गरेको हो । दुई ओटा अप्सनको तल च्याटजीपीटीको लोगो राखिएको छ ।

त्यसभन्दा तल र च्याटबक्सभन्दा माथि अर्थात् पेजको बीच भागमा उदाहरणहरू राखिएको छ । ती उदाहरण हरेक रिफ्रेशमा परिवर्तन भइरहन्छन् । नयाँ अपडेटमा कम्पनीले समावेश गरेको यो नै प्रमुख फिचर हो । त्यस्तै नयाँ अपडेटमा कम्पनीले सजेस्टेड रिप्लाईको सुविधा पनि थपेको छ ।

कम्पनीका अनुसार यो फिचरले प्रयोगकर्तालाई च्याटजीपीटीमा कुराकानी कसरी गर्ने भन्ने उपयुक्त तरिकाहरूको जानकारी दिन्छ । त्यस्तै अब च्याटजीपीटीमा एक पटकमा थुप्रै फाइलहरू अपलोड गर्न सकिनेछ ।

विशेषगरी च्याटजीपीटी प्लसका ग्राहकले यो सुविधा प्रयोग गर्न पाउनेछन् । यसअघि ब्राउजरबाट च्याटजीपीटी केही दिनमा आफैं लगआउट हुन्थ्यो भने अब दुई हप्तासम्म लगआउट हुने छैन ।

यसैगरी प्रयोगकर्तालाई छिटो काम गर्न सघाउन च्याटजीपीटीमा कीबोर्ड शर्टकटको फिचरको समावेश गरिएको छ । तपाईंले अब कन्ट्रोल प्लस सिफ्ट थिचेर पहिले कपि गरेर राखेको कोड ब्लक पेस्ट गर्न सक्नुहुन्छ ।

त्यस्तै कोडको सम्पूर्ण लिस्ट हेर्नका लागि कन्ट्रोल (/) कि थिच्न सक्नुहुन्छ । त्यी बाहेक पनि च्याटजीपीटीमा थप शर्टकट्स समावेश गरिएको छ ।

 

याे पनि पढ्नुहाेस्:

नेपालमा पनि उपलब्ध भयो च्याटजीपीटीको एन्ड्रोइड एप, यसरी गर्नुहोस् प्रयोग

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १४:६