close

के हो च्याटजीपीटीको ‘कोड इन्टरप्रेटर’ फिचर, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

भदौ १०, २०८० ९:१

के हो च्याटजीपीटीको ‘कोड इन्टरप्रेटर’ फिचर, कसरी गर्ने प्रयोग ?

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमा नयाँ सुविधा थप गरेको छ । कम्पनीले हालै ल्याएकाे कोड इन्टरप्रेटर फिचरले च्याटजीपीटीलाई भिडिओ एडिटिङ, डेटा विश्लेषण र थप कार्यका लागि कोडिङ गर्न सहयोग गर्छ ।

यदि तपाईँलाई कोड गर्ने तरिका थाहा छैन भने याे फिचर उपयाेगी हुनसक्छ । यसले पीडीएफ, अडियो र भिडिओ जस्ता फाइलहरूमा काम गर्न सक्छ । कोड इन्टरप्रेटर मार्फत च्याटजीपीटीले कागजातहरू विश्लेषण गर्ने, अडियो तथा भिडिओ सम्पादन गर्ने, ग्राफहरू बनाउने, फाइलहरू रूपान्तरण गर्ने, तस्वीरहरूमा काम गर्ने लगायतका काम गर्न सक्छ । तपाईं यसलाई सिधै कोड लेख्न र सम्पादन गर्ने कार्यमा प्रयोग गर्न सक्नुहुन्छ ।

कोड इन्टरप्रेटर प्रयोग गर्न तपाईंले च्याटजीपीटी प्लस सब्सक्राइब गरेको भने हुनुपर्छ । किनकी यो फिचर जीपीटी फोर ल्याङ्ग्वेज मोडमा भर पर्छ । यसलाई प्रयोग गर्न मासिक २० डलर (करिब २६०० रुपैयाँ) तिर्नुपर्ने हुन्छ । यति रकम तिरेपछि च्याटजीपीटी प्लगइनमा समेत पहुँच पाउन सकिन्छ । यदि पहिल्यै च्याटजीपीटी प्लस सब्सक्राइब गर्नु भएको छ भने निम्न प्रक्रियाबाट यसमा पहुँच पाउन सक्नुहुन्छ: 

-सुरुमा च्याटजीपीटीमा लग इन गर्नुहोस् । 

-दायाँ भागमा रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

-त्यसपछि सेटिङमा क्लिक गर्नुहोस् । 

-यति गरिसकेपछि एउटा डायल बक्स देखा पर्छ । त्यसमा 'बेटा फिचर' ट्याबमा क्लिक गर्नुहोस् । 

-अब कोड इन्टरप्रेटर इनेबल गर्नुहोस् ।

-अनि डायललगबाट बाहिर आउनुहोस् र त्यहाँ तपाईंले माथि स्ट्यान्डर्ड, प्लगइन र कोड इन्टरप्रेटर देख्न सक्नुहुन्छ । 

अब नयाँ च्याटमा तपाईंले कोड इन्टरप्रेटर फिचर चयन गर्नुपर्ने हुन्छ । यसो गरेपछि पाइथन कोड लेख्न र रन गर्न कम्प्युटिङ स्रोत सहित एक स्यान्डबक्स भर्चुअल मसिन आउँछ । त्यहाँ तपाईंले १०० एमबीभन्दा कम साइजका फाइलहरू अपलोड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० ९:१