close

ठूलो साइजको भिडिओलाई फोनबाटै यसरी बनाउनुहोस् सानो

टेकपाना टेकपाना

भदौ १०, २०८० १९:२५

ठूलो साइजको भिडिओलाई फोनबाटै यसरी बनाउनुहोस् सानो

काठमाडौं । पछिल्लो पुस्ताको स्मार्टफोनबाट गुणस्तरीय फोटो तथा भिडिओ खिच्न सकिने सुविधा आइसकेको छ । भिडिओका सन्दर्भमा पनि स्टेबलाइज (भिडिओ नहल्लिने), ६० एफपीएसको फोर के भिडिओ हामी फोनबाटै खिच्न सक्छौं । फोनमा यस्तो सुविधा हुनु राम्रो पक्ष हो । तर, कहिलेकाहीं सोही भिडिओ कसैलाई पठाउनु पर्दा हामीलाई सकस नै पर्छ । किनभने त्यस्तो भिडिओको फाइल साइज पनि धेरै हुन्छ । हो यस्तो बेला भिडिओ कम्प्रेस गर्नु आवश्यक हुन्छ । 

इन्टरनेटमा त्यस्ता थुप्रै वेबसाइट छन् जसको सहायताले हामी सहजै भिडिओको गुणस्तर नघटाई कम्प्रेस गर्न सक्छौं । आज हामी सहजै र छिटो कसरी भिडिओ कम्प्रेस गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

एन्ड्रोइडमा कसरी सहजै भिडिओ कम्प्रेस गर्ने ?

इन्टरनेटमा भिडिओ कम्प्रेस गर्न सघाउने त्यस्ता थुप्रै साइटहरू छन् । तर, अधिकांश वेबसाइट अनावश्यक पपअप विज्ञापनले भरिएका हुन्छन् भने केही भिडिओ कम्प्रेस गरिसकेपछि शुल्क तिर्नुपर्ने हुन सक्छ । हामीले फेला पारेको पान्डा एप तपाईंका लागि अन्य प्लेटफर्मभन्दा बढी उपयुक्त हुनसक्छ । विशेषगरी यो प्लेटफर्ममा कम विज्ञापन आउने र सहजै भिडिओ कम्प्रेस हुने भएकाले युजर एक्सपिरियन्स राम्रै हुन्छ ।

भिडिओ तथा फोटो ईमेलबाट पठाउँदा त्यसको साइज २५ एमबीभन्दा कम हुनुपर्छ । यस्तो अवस्थामा पनि यो टुल तपाईंका लागि उपयुक्त हुन सक्छ । तपाईंले त्यसका लागि एपलाई ग्यालरीको एक्सेस दिनुपर्ने हुन्छ ।

यसरी कम्प्रेस गर्नुहोस् भिडिओ 

भिडिओ कम्प्रेस गर्नका लागि सबैभन्दा पहिले एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरी एप इन्स्टल गर्नुहोस् ।

- त्यसपछि यो एपले मागेको ग्यालरीको एक्सेस दिनुहोस् । 

- यति भएपछि तपाईंको डिभाइसमा भएका सबै भिडिओहरू देखिन्छन् । 

- अनि आफूले कम्प्रेस गर्नुपर्ने भिडिओ छान्नुहोस् । 

- र, अन्तिममा आएको नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । 

- त्यसपछि आफूलाई कुन साइजको बनाउन मन छ त्यो साइज छान्नुहोस् । 

- साइज छानिसकेपछि अन्तिममा दायाँपट्टि देखिएको कम्प्रेसको बटनमा थिच्नुहोस् । 

- केही समय भिडिओ कम्प्रेस हुन लाग्छ । भिडिओ कम्प्रेस भइसकेपछि सो भिडिओ डाउनलोड गरी त्यसलाई आवश्यकता अनुसार विभिन्न माध्यमबाट शेयर गर्न सक्नुहुन्छ । 

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० १९:२५