close

१० लाख पुरस्कार राशि भएको पब्जी प्रतियोगिता गर्दै डीआरएस गेमिङ, यसरी गर्नुहोस् टिम दर्ता

टेकपाना टेकपाना

असोज २, २०८० १४:३४

१० लाख पुरस्कार राशि भएको पब्जी प्रतियोगिता गर्दै डीआरएस गेमिङ, यसरी गर्नुहोस् टिम दर्ता

काठमाडौं । पब्जी टिम डीआरएस गेमिङले १० लाख पुरस्कार राशि भएको प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘डीआरएस शोडाउन’ नाम दिइएको यो प्रतियोगिता अक्टोबर-नोभेम्बर महिनामा चल्नेछ । डीआरएस शोडाउनमा दुई चरणमा खेलहरू सञ्चालन हुनेछन् ।

पहिलो चरणमा पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) नखेलेका टिमहरुले मात्र प्रतिस्पर्धा गर्नैछन् । यस चरणमा राम्रो प्रदर्शन गर्ने टिमले दोस्रो चरणमा अन्य पीएमपीएल खेलेका आमन्त्रित टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

यो प्रतियोगिताको लागि अहिले टिम दर्ता सुरु भइसकेको कम्पनीले जानकारी दिएकाे छ । टिम दर्ता २२ सेम्टेम्बर बेलुका ८ बजेसम्म गर्न सकिने छ । टिम दर्ताको खल्ती डिजिटल वालेटबाट गर्न सकिने छ । टिम दर्ताको लागि निम्न प्रक्रिया अपनाउनुहोस्: 

सबैभन्दा पहिले खल्ती एप खोल्नुहोस् । त्यसपछि इन्टरटेनमेन्टको गेम्सभित्र जानुहोस् ।


 

गेम्सभित्र तपाईँले डीआरएस प्लेयर रजिस्ट्रेसन र डीआरएस टिम रजिस्ट्रेसन दुई विकल्प देख्नुहुनेछ । 

 

सबैभन्दा पहिले डीआरएस टिम रजिस्ट्रेसनमा क्लिक गर्नुहोस् । यसपछि आफ्नो टिमको नाम, लोगो, ईमेल, मोबाइल नम्बर लगायतका विवरण भरेर रजिस्टरमा क्लिक गर्नुहोस् ।
 

 टिम दर्ता भएपछि तपाईँले एउटा टिम कोड पाउनुहुनेछ ।


यसपछि तपाईँले आफ्नो टिमको अन्य सदस्यलाई यो टिम कोड दिएर प्लेयर रजिस्ट्रेसन गर्न सक्नुहुनेछ । प्लेयर रजिस्ट्रेसनमा तपाईँले आफ्नो वास्तविक नाम, गेमको यूआईडी, गेमको नाम र टिम रजिस्ट्रेसन गर्दा पाएको टिम कोड लगायताका विवरण भर्नुपर्ने हुन्छ । 

सबै विवरण भरेर रजिस्टर गरेपछि टिम र खेलाडी (६ जनासम्म) दर्ताकाे प्रक्रिया पूरा हुन्छ । यो सबै कामको लागि तपाईँले खल्तीमा आफ्नो अकाउन्ट केवाईसी भेरिफिकेसन गरेको भने हुनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०८० १४:३४