close

युवा वैज्ञानिक अनुसन्धान कार्यक्रम पुनः सुरु गर्दै नास्ट

टेकपाना टेकपाना

असोज ५, २०८० १२:१०

युवा वैज्ञानिक अनुसन्धान कार्यक्रम पुनः सुरु गर्दै नास्ट

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गत वर्ष स्थगित गरेको युवा वैज्ञानिक अनुसन्धान कार्यक्रम पुन: सुरु गर्ने भएको छ । नास्टले एक सूचना जारी गर्दै गत वर्ष रोकिएको कार्यक्रमलाई यस आर्थिक वर्ष २०८०/८१ मा निरन्तरता दिने जानकारी दिएको हो ।

गत वर्षको मंसिरमा नास्टले विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान गर्न, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक तथा प्रविधिज्ञहरूले प्रस्ताव माग गरेको थियो । तर अर्थ मन्त्रालयले यस कार्यक्रमका लागि बजेट कटौती गर्दा कार्यक्रम नै रोक्नु परेको नास्टले जनाएको थियो ।

अब भने कार्यक्रम जहाँबाट रोकिएको थियाे, त्यहीँबाट सुरु हुने नास्टको भनाइ छ । सूचनामार्फत नास्टले प्रस्ताव पेश गरेकाहरूलाई आफ्नो वर्तमान अवस्था अद्यावधिक गर्न असोज २१ सम्म समय दिएको छ ।

त्यस्तै सोही दिनभित्र विद्यालयस्तरमा गरिने अनुसन्धान, वैज्ञानिक समाज र प्रविधि समाजको अनुसन्धान र क्याम्पस स्तरमा गरिने अनुसन्धानका लागि नयाँ प्रस्ताव सहितको आवेदन पेश गर्न समेत आह्वान गरेको छ । प्रस्तावको ढाँचा र नियम हेर्न यहाँ क्लिक गर्नुहोस् । 
 

 

पछिल्लो अध्यावधिक: असोज ५, २०८० १२:१०