close

१२ जीबीसम्म र्‍याम बढाउन मिल्ने भिभोको नयाँ स्मार्टफोन, मूल्य १७ हजार रुपैयाँ

टेकपाना टेकपाना

असोज ६, २०८० १९:५२

१२ जीबीसम्म र्‍याम बढाउन मिल्ने भिभोको नयाँ स्मार्टफोन, मूल्य १७ हजार रुपैयाँ

 

काठमाडौं । नेपाली बजारमा चिनियाँ स्मार्टफाेन ब्रान्ड भिभोले आफ्नो ‘वाई’ सिरिज अन्तर्गत ‘भिभो वाई १७ एस’ सार्वजनिक गरेको छ । सस्ताे मूल्यमा उपयाेगी फिचर चाहने युवा पुस्ताका प्रयाेगकर्तालाई​ लक्षित गर्दै याे फाेन ल्याएकाे कम्पनीले जनाएकाे छ ।

६.५६ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको फोन मिडियाटेक हेलियो जी८५ प्रोसेसर र एन्ड्रोइड १३ आधारित फनटच १३ अपरेटिङ सिस्टमबाट सञ्चालित छ । याे फोनकाे पछाडि ५० मेगापिक्सेलको मुख्य सेन्सर, २ मेगापिक्सेलको डेप्थ सेन्सरसहित डुअल क्यामेरा सेटअप छ भने ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

यी क्यामेराबाट पोट्रेट, बोके तथा नाइट मोड प्रयोग गरी आकर्षक फोटो खिच्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले फोनमा ५००० एमएएचको ब्याट्री उपलब्ध गराएको छ ।

यसमा ६ जीबी र्‍याम दिइएको छ भने इन्टर्नल स्टोरेज १२८ जीबी छ । प्रयाेगकर्ताले आवश्यक परे थप ६ जीबी भर्चुअल र्‍याम थप्न सक्नेछन् ।

यो फोन आईपी५४ रेटिङ प्राप्त फोन हो । त्यस्तै फोनलाई धेरै घाम लागेको बेलामा पनि मजाले चलाउन सकिने कम्पनीको भनाइ छ ।

सामान्य अवस्थामा यो फोनको ब्राइटनेशको तह ७०० निट्स हुने गरेता भएपनि आवश्यक परेको खण्डमा ८४० निट्ससम्म पुर्‍याउन सकिने छ ।

यो फोनको मूल्य नेपाली बजारमा मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: असोज ६, २०८० १९:५२