close

गरिमा विकास बैंकको मोबाइल बैंकिङ अब विदेशमा पनि प्रयोग गर्न मिल्ने

टेकपाना टेकपाना

असोज १५, २०८० १०:३०

गरिमा विकास बैंकको मोबाइल बैंकिङ अब विदेशमा पनि प्रयोग गर्न मिल्ने

 

काठमाडौं । नेपाल बाहिर रहेका आफ्ना ग्राहकलाई मोबाइल बैंकिङमा पहुँच पुर्‍याउने उद्देश्यले गरिमा विकास बैंकले आफ्नो सेवा बिस्तार गरेको छ । बैंकले आफ्नो 'गरिमा डीजी बटुवा'को सेवा विदेशमा समेत विस्तार गरेको हो ।

यससँगै विदेशमा रही यो सेवा प्रयोग गर्न इच्छुक ग्राहकले यहाँ क्लिक गरेर फाराम भर्न सक्नेछन् । फारम भरिसकेपछि आफ्नो पासपोर्टको फोटोसहित फाराम बैंकका विभिन्न शाखाको ईमेल वा इन्फो एट गरिमा बैंक डटकम डट एनपी, कार्ड एट गरिमा बैंक डट कम डट वा गुनासो एट गरिमा बैंक डट कम डट एनपी मध्ये कुनै एउटा ईमेल ठेगानामा पठाउनु पर्ने हुन्छ । 

त्यसका साथै ग्राहकले फाराम भर्दा नेपालमा भएको मोबाइल नम्बर र आफूले उपलब्ध गराएको ईमेल राख्नुपर्ने हुन्छ । यति गरेपछि कारोबार गर्दा आवश्यक पर्ने ओटीपी कोड प्रयोगकर्ताको ईमेलमै उपलब्ध हुने बैंकले जनाएको छ ।

विदेश रहेका प्रयोगकर्ताले सो अकाउन्ट प्रयोग गरी वालेटमा दैनिक १० हजार, एनपीआई ट्रान्सफर अन्तर्गत १० हजार, सेन्ड मनी, इन्टरबैंक ट्रान्सफर, सेड्युल पेमेन्ट तथा आईपीएस ट्रान्सफर अन्तर्गत दैनिक ५० हजार रुपैयाँ भुक्तानी गर्न सक्नेछन् । यो सेवा बैंकको वेबसाइट तथा एप्लिकेसनमार्फत प्रयोग गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज १५, २०८० १०:३०