close

राजस्व छलीका ८० थान मोबाइलसहित एक युवक पक्राउ

टेकपाना टेकपाना

असोज १५, २०८० १७:५५

राजस्व छलीका ८० थान मोबाइलसहित एक युवक पक्राउ

काठमाडौं । राजस्व छली गरी मोबाइल राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राजस्व छलीका मोबाइल लुकाइ राखेको आरोपमा  रामेछाप घर भई काठमाडौं कागेश्वरी बस्दै आएका २९ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरेको हो । 

कार्यालयलाई काठमाडौं न्यूरोड एरियामा राजस्व छलीको विभिन्न मोबाइल लुकाई राखेको भन्ने सूचनाको प्राप्त भएको थियो । त्यही सूचनाका आधारमा प्रहरी टोलीले आइतवार आरोपी श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार श्रेष्ठबाट विभिन्न ब्रान्डका ८० थान मोबा‍इल र बा १९ च ५०९४ नम्बरको सेतो रङ्गको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी बरामद भएको छ । आरोपी श्रेष्ठमाथि आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौें पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १५, २०८० १८:२