close

भायानेटको २४ वर्ष पूरा, पुराना ग्राहकलाई निःशुल्क इन्टरनेट अपग्रेड सुविधा

टेकपाना टेकपाना

असोज २५, २०८० १९:५८

भायानेटको २४ वर्ष पूरा, पुराना ग्राहकलाई निःशुल्क इन्टरनेट अपग्रेड सुविधा

काठमाडौं । इन्टरनेट तथा आईपीटिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ । यसअन्तर्गत पुराना ग्राहकको इन्टरनेट प्याकेजमा निःशुल्क अपग्रेडदेखि तीन महिना वा सोभन्दा माथिका ग्राहकलाई विभिन्न उपकरण खरिदमा ५० प्रतिशत छुट दिइएको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले १२५ एमबीपीएस गतिको इन्टरनेट (तीन महिनाका लागि) २४ सय २४ रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा उल्लेखनीय छुट पाउने कम्पनीको भनाइ छ ।

साथै तीन महिना वा सोभन्दा माथिका सबै भायानेट ग्राहकले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

वार्षिकाेत्सवकै अवसरमा कम्पनीले आफ्नो पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको छ । जसमध्ये २०० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका ग्राहकले अब पुरानै मूल्यमा २५० एमबीपीएस इन्टरनेट पाउनेछन् । ३०० एमबीपीएस प्याकेज लिएका ग्राहकले निःशुल्क ४०० एमबीपीएस पाउनेछन् । अन्य इन्टरनेट प्याकेजमा पनि निःशुल्क अपग्रेडकाे सुविधा दिइएको भायानेटले जनाएको छ ।

सन् १९९९ मा स्थापना भएको भायानेटले हाल ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ । २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफटीटीएच) सेवा ल्याएको थियो । सन् २०१६ मा कम्पनीले आईपीटिभी सेवा ल्यायो ।

कम्पनीले केही महिनाअघि नेपालको पहिलो मल्टी-गिग इन्टरनेटका रूपमा २ जीबीपीएस एक्सजी एस एक्स्ट्रिम प्याकेज ल्याएको थियो, जुन अत्याधुनिक एक्सजी एस फाइबर प्रविधिमा निर्मित छ ।

''हामीले २४ अविश्वसनीय वर्षहरू मनाउँदै गर्दा, हामी हाम्रा कर्मचारीहरू, बफादार ग्राहकहरू र हाम्रा सबै सरोकारवालाहरूलाई यस यात्रालाई उल्लेखनीय बनाउन सहयोगी हात बनेकोमा हृदयदेखि धन्यवाद दिन्छौं,'' कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ''भायानेट कम्युनिकेसन भविष्यमा व्यक्तिगत र व्यावसायिक दुवै आवश्यकताका लागि इन्टरनेट, टिभी र डिजिटल सेवाहरूको विकासशील मागहरू पूरा गर्न प्रतिबद्ध छ ।''

पछिल्लो अध्यावधिक: असोज २५, २०८० २०:९