close

रियलमी फोन किन्दा वासिङ मसिन, स्मार्ट टिभी र स्कुटर जित्ने मौका

टेकपाना टेकपाना

असोज ३०, २०८० ८:५४

रियलमी फोन किन्दा वासिङ मसिन, स्मार्ट टिभी र स्कुटर जित्ने मौका

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले दशैं तिहार उमङ्गः उपहारले सबै दङ्ग नामको अभियान सञ्चालनमा ल्याएको छ । चाडबाडको अवसरमा रियलमी फोन किन्न चाहने उपभोक्तालाई लक्षित गर्दै कम्पनीले यस्ताे उपहार अभियान ल्याएको हो ।

असोज २८ देखि कात्तिक २९ सम्म सञ्चालन हुने अभियान अन्तर्गत ग्राहकले वासिङ मसिनदेखि स्कुटरसम्म जित्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरूले दैनिक रूपमा २.२ लिटरको कोन ब्राण्डकाे राइस कुकर, सफारी ब्याकप्याक, कोन इलेक्ट्रिक मिक्सर र कोन इन्डक्सन जित्न सक्नेछन् ।

त्यस्तै साप्ताहिक रूपमा रियलमी नार्जो एन५३ (६ जीबी+१२८ जीबी भेरियन्ट) जित्न सक्ने कम्पनीले उल्लेख गरेकाे छ । त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मसिन (७ केजी अटो), कोनका ५५ इन्चकाे फोरके टिभी, रियलमी जीटी२ प्रो र टीभीएस एनटर्क स्कुटर जित्न सक्नेछन् ।

यस क्याम्पेनमा सहभागी हुन रियलमी क्याम्पेन डटकममा गएर आफूले खरिद गरेको नयाँ स्मार्टफोनको आईएमईआई नम्बर, फोन नम्बर, स्मार्टफोन मोडेल, आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० ८:५४