close

नयाँ नोट साट्न चाहनेले राष्ट्र बैंक पोखरा कार्यालयमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने

टेकपाना टेकपाना

असोज ३०, २०८० १३:२

नयाँ नोट साट्न चाहनेले राष्ट्र बैंक पोखरा कार्यालयमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने

पोखरा । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले दशैंका लागि नयाँ नोट साट्न चाहने सर्वसाधारणलाई लक्षित गर्दै क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

विदेशी मुद्रा बिक्री, सिक्का बिक्री काउण्टर तथा मुद्रा व्यवस्थापन इकाइअन्तर्गत नयाँ र सुकिलो नोट सटही काउन्टरमा कारोबार गर्दा ग्राहकबाट लिनुपर्ने नेपाली रूपैयाँको लागि क्यूआर कोडमार्फत समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

No description available.

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १३:१५