close

भारतमा ७१ लाख बढी ह्वाट्सएप अकाउन्टमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

कात्तिक १९, २०८० १३:४

भारतमा ७१ लाख बढी ह्वाट्सएप अकाउन्टमाथि प्रतिबन्ध

काठमाडौं । ह्वाट्सएपले भारतमा ७१ लाख बढी अकाउन्ट बन्द गरेको छ । हालै मासिक प्रतिवेदन सार्वजनिक गर्दै ह्वाट्सएपले गत सेप्टेम्बर महिनामा भारतमा ७१ लाख १० हजार अकाउन्ट बन्द गरेको जानकारी दिएकाे हाे ।

यसरी ह्वाट्सएपले ठूलो सङ्ख्यामा अकाउन्ट बन्द गर्नुमा प्रयोगकर्ता र नियामकबाट आएका गुनासो तथा भारतीय आईटी कानूनको उल्लंघन कारण रहेका छन् । जसमा अकाउन्ट सपोर्ट, ब्यान अपिल, प्रोडक्ट सपोर्ट, सेफ्टी लगायत विभिन्न शीर्षकमा रिपोर्ट गरिएको थियाे ।

त्यस्तै २५ लाख ७० हजार अकाउन्ट भने कुनै रिपोर्ट बिना नै बन्द गरेको ह्वाट्सएपले जनाएको छ । जसले एपभित्र हुने उल्लंघन पत्ता लगाउन तथा त्यसको समाधान गर्न ह्वाट्सएप सक्षम भएको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८० १३:१४