close

आज विश्व विज्ञान दिवस, प्रधानमन्त्री भन्छन्ः विज्ञानप्रतिको विश्वास अभिवृद्धि गरौं

टेकपाना टेकपाना

कात्तिक २४, २०८० १५:१६

आज विश्व विज्ञान दिवस, प्रधानमन्त्री भन्छन्ः विज्ञानप्रतिको विश्वास अभिवृद्धि गरौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका नीति तथा कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन गर्न विज्ञान तथा नवप्रवर्तनमा विश्वास अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । हरेक वर्ष १० नोभेम्बरका दिन मनाइने विश्व विज्ञान दिवसको अवसरमा लिखित शुभकामना दिंदै प्रधानमन्त्रीले विश्वले सामना गरिरहेका विविध चुनौतीलाई सम्बोधन त्यसको आवश्यकता औंल्याएका हुन् ।

यसका लागि खोज तथा अनुसन्धानको नतिजामा आधारित सामाजिक तथा राजनीतिक निर्णय लिने प्रणाली स्थापित गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । शुभकामना सन्देश मार्फत प्रधानमन्त्री प्रचण्डले तथ्य खोजी गर्ने वैज्ञानिकहरूको अनुसन्धान प्रक्रिया तथा ती खोज र अनुसन्धानले समाजलाई पार्ने प्रभावबारे सबैलाई बुझाउन जरुरी रहेको समेत बताएका छन् ।

त्यस्तै विज्ञान, प्रविधि र आविष्कारलाई नेपाल सरकारले उच्च महत्त्व दिएको बताउँदै यस क्षेत्रमा लागेका प्रतिभाहरूको सुरक्षा र प्रवर्द्धनमा लगानी बढाउने नीतिहरू कार्यान्वयनमा रहेको उनले उल्लेख गरेका छन् । साथै विज्ञान, प्रविधि र नवप्रवर्तनको माध्यमबाट बेरोजगारीको समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाएर समृद्धि हासिल गर्न आफ्नो सरकार तत्पर रहेको समेत उनको भनाई छ ।

यस वर्ष 'विज्ञानमा विश्वास अभिवृद्धि' भन्ने मूल नाराका साथ विश्वभर विज्ञान दिवस मनाइँदै छ । युनेस्कोको अग्रसरतापछि सन् २००१ देखि यो दिवस निरन्तर मनाउँदै आइएको हो । विश्व विज्ञान दिवसको सुरुवात सन् १९९९ मा हङ्गेरीको बुढापेस्टमा आयोजित विज्ञानमाथिको विश्व सम्मेलनबाट प्राप्त सकारात्मक नतिजासँग जोडिएको छ । हेर्नुहोस् प्रधानमन्धी प्रचण्डको शुभकामना मन्तव्य

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० १५:१७