close

आईआईटी बम्बईमा हुने टेकफेस्टका लागि नेपालमा क्षेत्रीय छनोट हुँदै, यसरी गर्नुहोस् दर्ता

टेकपाना टेकपाना

मंसिर ११, २०८० ९:५५

आईआईटी बम्बईमा हुने टेकफेस्टका लागि नेपालमा क्षेत्रीय छनोट हुँदै, यसरी गर्नुहोस् दर्ता

काठमाडौं । काठमाडौंमा अवस्थित एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले ‘टेक्नोरियन नेपाल २०२३’ आयोजना गर्न‍े भएको छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बम्बईमा हुने टेकफेस्ट (Techfest, IIT Bombay) को क्षेत्रीय छनोट स्वरुप यो कार्यक्रम गर्न लागिएको हो ।

आउँदो नोभेम्बर ३० र डिसेम्बर १ मा कलेज परिसरमा हुने कार्यक्रम एड्भान्स रोबोटिक्स क्लब (एआरसी) को पहलमा हुनेछ । आयोजकका अनुसार टेकफेस्ट आईआईटी बम्बईमा छनोटका लागि चार प्रमुख कार्यक्रमहरू कोज्मो क्लेन्च, मेस्मराइज, कोडकोड र टेकफेस्ट ओलम्पियाड गरिने छ ।

आगामी डिसेम्बर २७ देखि २९ सम्म हुने टेकफेस्ट ग्रान्ड फिनालेमा यी प्रत्येक कार्यक्रममा पुग्ने शीर्ष दुई टोलीले प्रवेश पाउनेछन् ।

टेक्नोरियन नेपाल २०२३ मा यी मुख्य कार्यक्रम बाहेक रोबोट रेस, लाइन फलोअर्स रेस, प्रोजेक्ट डेमोस्ट्रेसन लगायतका अन्य गतिविधि पनि हुने जनाइएको छ ।

प्रतिस्पर्धामा सहभागी हुने इच्छुक विद्यार्थीले (कक्षा ११/१२, स्नातक तह) यहाँ क्लिक गरी दर्ता गर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० ९:५६