close

आज राति वर्ल्डलिङ्ककाे इन्टरनेट प्रभावित हुनसक्ने

टेकपाना टेकपाना

मंसिर २१, २०८० २१:९

आज राति वर्ल्डलिङ्ककाे इन्टरनेट प्रभावित हुनसक्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको इन्टरनेट सेवा आज (बिहीवार) राति काठमाडौं र आसपासका जिल्लामा प्रभावित हुनसक्ने भएको छ । कम्पनीले एक सूचना राख्दै अस्थायी रूपमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । 

"इन्टरनेट सेवाको लागि आवश्यक प्रणालीको स्तरोन्नति कार्यको क्रममा आज राति १२:३० बजे देखि केही समयको लागि काठमाडौं उपत्यका तथा नजिकका केही जिल्लामा इन्टरनेट सेवामा समस्या हुनसक्ने भएकोले ग्राहकवर्गमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ," कम्पनीले भनेको छ, "सो बाहेकका सेवा निरन्तर सञ्चालनमा रहने व्यहोरा समेत जानकारी गराइन्छ ।"

कम्पनीले आफ्नो अपस्ट्रीम प्रदायकमा केही‌ समस्या आएकाले बन्द हुनसक्ने उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० २१:१२