close

डिशहोमले क्रिकेट खेलाडीलाई प्रदान गर्यो आईसीसी टी–२० आईमा घोषित पुरस्कार

टेकपाना टेकपाना

मंसिर २५, २०८० १६:४५

डिशहोमले क्रिकेट खेलाडीलाई प्रदान गर्यो आईसीसी टी–२० आईमा घोषित पुरस्कार

काठमाडौं । डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत घोषणा गरेको पुरस्कार रकम खेलाडीलाई प्रदान गरेको छ । आइतबार कम्पनीको मुख्य कार्यालयमा आयोजित कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाइ, कप्तान रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरू पनि उपस्थित थिए । गएको अक्टोबर २९ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।

पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र पाँच विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो । एकै खेलमा पाँच विकेट लिएमा पाँच लाख, अर्धशतक बनाएमा एक लाख, कम्तीमा तीन विकेट लिएमा एक लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा तीन क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।

सोही अनुसार खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित रहेको बताए । ‘हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’ उनले बताए ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८० १६:४५