close

सत्ता गठबन्धनको साझा कार्यक्रमः सार्वजनिक-निजी साझेदारीमा चार्जिङ स्टेसन विस्तार गरिने

टेकपाना टेकपाना

चैत ६, २०८० १७:४८

सत्ता गठबन्धनको साझा कार्यक्रमः सार्वजनिक-निजी साझेदारीमा चार्जिङ स्टेसन विस्तार गरिने

काठमाडौं । सार्वजनिक-निजी साझेदारीमा चार्जिङ स्टेसन विस्तार गरिने भएको छ । सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै गठबन्धन कार्यदलका संयोजक विष्णु पौडेलले सार्वजनिक-निजी साझेदारीमा देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन विस्तार गर्ने योजना रहेको सुनाएका हुन् ।

''विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्दै सार्वजनिक-निजी साझेदारीमा चार्जिङ स्टेसन विस्तार गर्ने,'' उनले भने । त्यस्तै सत्ता गठबन्धनले इन्टरनेट लगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने योजना पनि ल्याएको छ ।

डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने, सार्वजनिक सेवा र उत्पादन क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने, डेटा सर्भरमा आत्मनिर्भरता कायम गर्ने, साइबर सुरक्षा सुनिश्चित गर्ने लगायतका योजना पनि समेटिएका छन् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १७:५२