close

माइडिया ब्राण्डका उपकरणमा साढे ४६ हजारसम्म क्याशब्याक, साथमा विभिन्न उपहार

टेकपाना टेकपाना

चैत २३, २०८० १८:५८

माइडिया ब्राण्डका उपकरणमा साढे ४६ हजारसम्म क्याशब्याक, साथमा विभिन्न उपहार

काठमाडौं । होम अप्लायन्स ब्राण्ड माइडियाले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारी क्याशब्याक र आकर्षक अफर घोषणा गरेको छ । माइडियाको नेपालस्थित बिक्रेता सीजी इलेक्ट्रोनिक्सले “माइडिया नै हो यसपाली, उपहारले ल्याउने छ खुसियाली” नामक योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत अधिकतम ४६ हजार ५०० रुपैयाँसम्म क्याशब्याक पाइने कम्पनीले जनाएको छ । त्यस्तै लक्की ड्रमा हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजेरेटर जित्न सकिने छ ।

पक्का उपहार अन्तर्गत माइडियाको ६, ७ , ८ ,९ १० केजीका वासिङ मसिन तथा वासरड्रायरको खरिदमा ६ केजी एरिअल प्याक उपहार पाउन सकिने छ ।

त्यस्तै साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा माइडियाको इन्डक्सन कुकटप (१६०० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार अफरमा रहेको कम्पनीले जनाएको छ ।

साथै शुन्य प्रतिशत ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ माइडिया ब्रान्डका सामान साट्न सक्ने सुविधा पनि रहेको छ ।

यो योजना २३ चैतगतेदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १८:५८