close

भाइबरको चौथौं संस्करणको ‘एक्सप्लोर नेपाल’ सुरु, उत्तर दिएकै भरमा विभिन्न उपहार जित्न सकिने

टेकपाना टेकपाना

चैत २४, २०८० १५:४६

भाइबरको चौथौं संस्करणको ‘एक्सप्लोर नेपाल’ सुरु, उत्तर दिएकै भरमा विभिन्न उपहार जित्न सकिने

 

काठमाडौं । नेपाली नयाँ वर्ष नजिकिएसँगै मेसेजिङ एप राकुटेन​ भाइबरले चौंथाे संस्करणको एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेन सुरु गरेको छ । देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई अझै प्रष्ट रूपमा चिनाउन भाइबरले एक्स्प्लोर नेपाल च्यानलको चौंथाे संस्करण सुरु गरेको हो । यसका लागि भाइबरले ट्राभल भ्लगर घुमन्तेसँग सहकार्य गर्नेछ ।

गत ७ चैतदेखि घुमन्तेले एक्स्प्लोर नेपाल च्यानलका सब्सक्राइबरलाई भर्चुअल टुर गराउन थालिसकेका छन् । छ हप्तासम्म चल्ने उक्त अभियानमा घुमन्तेले नेपालका विभिन्न भू-भागहरूको रमाइला पोष्टहरू गर्नुका साथै यात्रासम्बन्धी जानकारी दिनेछन् । त्यस्तै यस अभियानका सहभागीहरूले आकर्षक उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

यसका लागि उक्त च्यानलमा प्रत्येक हप्ता एक क्विजको आयोजना हुने त्यहाँ सही उत्तर दिएन विजेता हुनेले पुरस्कार पाउनेछन् । त्यसरी विजेता हुनेमध्ये तीन जनाले बस सेवामार्फत प्रत्येक हप्ता पोखराका लागि दुई ओटा प्रिमियम राउन्डट्रिप बस टिकट, एकजनाले सस्तो टिकटबाट प्रत्येक हप्ता पोखराका लागि दुई ओटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट पाउन सक्ने छन् ।

यसका साथै एक जनाले माउन्टेन फ्लाइट  र बम्पर प्राइज अन्तर्गत दुई जनाले रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपको लागि दुई रातको लक्जरी स्टे पाउने कम्पनीले जनाएको छ । यसका लागि भाइबर प्रयोगकर्ताले एक्सप्लोर नेपाल च्यानलमा जोडिनु पर्ने हुन्छ ।

यसबाट प्रयोगकर्ताले पुरस्कार जित्ने मात्र नभएर नेपालका लुकेका सम्पदा कसरी उजागर गर्ने तथा नेपाली जनता र सम्पदाबीचको बलियो सम्बन्धलाई कसरी बढाउने भनेर समेत प्रेरणा पाउने कम्पनीले विश्वास लिएको छ । भाइबरको यस अभियान १८ वैशाखसम्म चल्नेछ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८० १५:४६