close

अब एक्समा पोस्ट गर्न नयाँ प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १२:१५

अब एक्समा पोस्ट गर्न नयाँ प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने

काठमाडौं । नक्कली अकाउन्टबाट मुक्ति पाउनका लागि एलन मस्कले एक्समा नयाँ अकाउन्टबाट शुल्क लिने योजना बनाएका छन् । सोमबार एक्स डेली नामक अकाउन्टमा रिप्लाई दिंदै मस्कले एक्सका नयाँ प्रयोगकर्ताबाट सीमित शुल्क लिने योजना बनाइएको खुलाएका हुन् ।

मस्कले आफ्नै रिप्लाईमा आएको अर्को प्रतिक्रिया दिंदै अकाउन्ट बनाएको तीन महिनापछि मात्र शुल्क नलाग्ने उनको भनाई छ । अहिलेसम्म कम्पनीले यो नियम कहिलेदेखि सुरु हुन्छ विषयमा भन्ने स्पष्ट जानकारी बाहिर ल्याएको छैन । 

गत अक्टोबरमा कम्पनीले भेरिफाइड नभएका प्रयोगकर्ताबाट न्युजिल्यान्ड र फिलिपिन्समा एक वर्षको १ डलर लिन सुरु गरेको थियो । यी क्षेत्रमा रहेका नयाँ प्रयोगकर्ताले पोस्ट हेर्न त पाएका छन्, तर उनीहरूलाई त्यसमा लाइक, रिप्लाई गर्न भने दिइएको छैन । कन्टेन्ट पोस्ट गर्न, लाइक, रिप्लाई वा रिपोर्ट गर्न, बुकमार्क तथा कोट पोस्ट गर्न उनीहरूले शुल्क तिर्नुपरेको छ । 

मस्कले अन्य क्षेत्रमा पनि यो फिचर विस्तार गर्ने योजना बनाइएको बताएका छन् । अप्रिलको सुरुवाततिर कम्पनीले स्पाम अकाउन्टले निम्त्याउने प्रमुख समस्या पहिचान गरिरहेको जनाएको थियो । 

त्यस क्रममा कम्पनीले फलोअरको सङ्ख्या घट्न सक्ने जानकारी समेत दिएको थियो । त्यसको केही समयपछि कतिपय प्रयोगकर्ताको अकाउन्टमा फलोअरको सङ्ख्या घटेको थियो । 

नक्कली अकाउन्ट (बट अकाउन्ट) को समस्यालाई पूर्ण रूपमा निराकरण गर्नका लागि भने कम्पनीले नयाँ प्रयोगकर्ताबाट शुल्क लिने परियोजना अगाडि सारेको हो ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १२:१७