close

अन्तर्राष्ट्रिय एक्सपोजरका लागि टेकस्पायर कलेजका आईटी विद्यार्थी मलेसिया भ्रमणमा

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १४:१

अन्तर्राष्ट्रिय एक्सपोजरका लागि टेकस्पायर कलेजका आईटी विद्यार्थी मलेसिया भ्रमणमा

काठमाडौं । टेकस्पायर कलेजले आफ्ना बीएससी आईटी कोर्समा अध्ययनरत पहिलो सेमेस्टरका विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि मलेसिया लगेको छ । कलेजले अन्तर्राष्ट्रिय एक्सपोजर ट्रिप तथा अभिमुखीकरण कार्यक्रम अन्तर्गत गत अप्रिल १८ तारिख देखि २३ सम्मका लागि मलेसियाको क्वालालम्पुर लगेको हो ।

यो यात्रामा कलेजले विद्यार्थीहरूलाई एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपीयू) र यसको क्याम्पस भ्रमण गराएको थियो । त्यस अन्तर्गत विद्यार्थीहरूले विश्वविद्यालयका विज्ञहरूबाट सिक्ने, मलेसियाका विविध उद्योगबारे जान्ने र मलेसियाको समृद्ध सांस्कृतिक सम्पदाबारे सिक्ने अवसर प्राप्त गरेकाे कलेजले जनाएकाे छ ।

यही भ्रमणमा विद्यार्थीहरूले विश्वविद्यालयका अध्यक्ष, उपकुलपति, निर्देशक, प्राध्यापक लगायतका अधिकारीहरूसँग अन्तर्क्रिया गर्ने अवसर समेत प्राप्त गरे । यसले विद्यार्थीहरूलाई विज्ञहरूबाट सिक्ने तथा अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डहरूको अनुभव गर्ने अवसर मिलेकाे कलेजकाे भनाइ छ ।

त्यस्तै कलेजका विद्यार्थीहरूले मलेसियामा सांस्कृतिक प्रस्तुति दिएर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । नियमित सिकाइको अतिरिक्त यस भ्रमणले विद्यार्थीहरूलाई क्वालालम्पुर सहरबारे अझ धेरै जान्ने अवसर दिएको कलेजले जनाएको छ । त्यो भन्दा पनि यसले विद्यार्थिहरुलाई नेपालभन्दा बाहिरको विश्व बुझ्ने अवसर समेत प्राप्त भएकाे उल्लेख गरिएको छ । 

सन् २००० मा स्थापना भएको यस कलेजमा हाल आईटी र व्यवस्थापनका विषयको पढाइ हुने गर्छ । एपीयूबाट सम्बन्धन प्राप्त यस कलेजले सीपमा आधारित सिकाइलाई प्राथमिकतामा राख्दै आएकाे छ । 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ १८:३६