close

२५ ओटा विद्युतीय माइक्रोबस किन्दै साझा यातायात

टेकपाना टेकपाना

जेठ २८, २०८१ १६:३०

२५ ओटा विद्युतीय माइक्रोबस किन्दै साझा यातायात

काठमाडौं । साझा यातायातले २५ ओटा विद्युतीय माइक्रोबस खरिद गर्ने भएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनीले विद्युतीय माइक्रोबसका लागि टेन्डर आह्वान गरेको हो । 

सूचनामा कम्पनीले २५ ओटा विद्युतीय माइक्रोबस खरिद गरिने उल्लेख छ । साझा यातायातले सार्वजनिक खरिद ऐन र नियमावलीमा तोकिएको राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया अन्तर्गत माइक्रोबस खरिदका लागि टेन्डर दिन आह्वान गरेको जनाएको छ । 

माइक्रोबस बाहेक साझा यातायातले पाँच ओटा विद्युतीय स्कुटरको लागि समेत टेन्डर खुलाएको छ । विद्युतीय माइक्रोबसका लागि ३० लाख र स्कुटरका लागि ३० हजार रुपैयाँ धरौटी रकम राख्नुपर्ने उल्लेख छ । इच्छुक विक्रेताले १० असारभित्र बोलपत्र दर्ता गराइसक्नु पर्ने बताइएको छ । 

योग्य टेन्डरकर्ताले ०१-५४२४६७९ मा सम्पर्क गरेर, [email protected] मा इमेल पठाएर, bolpatra.gov.np/egp मा गएर वा साझा यातायातको कार्यालयमा गएर थप जानकारी लिन सक्नेछन् । 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८१ १८:१७