close

व्यवसायीका लागि एनसेलले ल्यायो ‘बिज सधैं अन प्लान’, यस्ता छन् प्याकेज ?

टेकपाना टेकपाना

असार २७, २०८१ १४:२

व्यवसायीका लागि एनसेलले ल्यायो ‘बिज सधैं अन प्लान’, यस्ता छन् प्याकेज ?

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले व्यवसायीलाई लक्षित गर्दै फाइभजी भिजनमा आधारित ‘बिज सधैं अन’ ल्याएको छ । यो योजनामार्फत उद्योग, संघसंस्था, ठूला, साना तथा मझौला व्यवसायीले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत कम्पनीले ४९९ देखि १९४९ रुपैयाँसम्मका पाँच ओटा प्लान ल्याएको छ । यी प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै ‘लायन्सगेट प्ले’ र ‘मेरो लगानी’ एप पनि बन्डल गरिएको छ । 

लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने कम्पनी हो भने मेरो लगानी एपले शेयर बजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ ।

४९९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले १० जीबी डेटा, ६०० मिनेट नेपालभर कुरा गर्न टक टाइम र ५०० मिनेट लोकल एसएमएस प्राप्त गर्न सक्छन् ।

त्यस्तै ६४९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० ओटा एसएसएस पठाउन सक्छन् ।

९९९ रुपैयाँको प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र एक हजार लोकल एसएमएस पठाउन पाउँछन् । 

सेवाको आवश्यकता धेरै भएका ग्राहकले १५९९ र १९४९ रुपैयाँको मासिक प्लान लिन सक्छन् । १५९९ रुपैयाँ तिर्ने ग्राहकले ८५ जीबी डेटा, अनलिमिटेड कल तथा एसएमएसको सुविधा पाउनेछन् ।

त्यस्तै मासिक १९४९ रुपैयाँ तिर्ने ग्राहकले ८५ जीबी डेटा, अनलिमिटेड कल तथा एसएमएसको सुविधा पाउनेछन् । अन्य प्लान जस्तै यी दुवै प्लानमा पनि ‘लायन्सगेट प्ले’ र मेरो लगानी एपको सुविधा समावेश छ ।

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवा सकिएमा ग्राहकले जम्मा पाँच पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र ५० रुपैयाँमा बुस्टर प्याक खरिद गर्न सक्छन् ।

बुस्टर प्याक अन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् ।

त्यस्तै ५० रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपालभर लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।

यसका साथै 'बिज सधै अन' प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ वा ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभिलेज काउन्टर सुविधा पनि पाउन सक्छन् । बिजनेस तथा पोस्टपेड ग्राहकले *१२३# डायल गरी 'बिज सधै अन' प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् ।

नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नरको रूपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को लोकेसन, हाई स्पिड विज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवा प्रदान गर्दै आएको छ ।

एनसेलले नेपालभर फैलिएका ३२ हजार बढी संघसंस्था र व्यवसायका पाँच लाखभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असार २७, २०८१ १४:१३