close

ग्लोबल आ‍ईएमई बैंकले बालबालिकाहरूका लागि ल्यायो ग्लोबल जुनियर एप, यस्ता छन् सुविधा

टेकपाना टेकपाना

भदौ १७, २०८१ १९:२९

ग्लोबल आ‍ईएमई बैंकले बालबालिकाहरूका लागि ल्यायो ग्लोबल जुनियर एप, यस्ता छन् सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी ग्लोबल जुनियर नामक मोबाइल एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय आनीबानी विकास गर्ने उद्देश्यका साथ यो एप ल्याएको हो ।

यो एप मार्फत बालबालिका आफैंले डिजिटल बैंकिङको अनुभव लिन सक्नेछन् भने यसबाट उनीहरूमा बचत गर्ने बानीको विकास समेत हुने विश्वास छ । अभिभावकको निगरानीमा बालबालिकाले आफ्नो बचत रकम खर्च गर्न समेत सक्नेछन् ।

यो एप मार्फत बालबालिकाहरूले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरूलाई आर्थिक रूपमा जिम्मेवार हुने बानी समेत विकास हुनेछ । साथै, आमाबाबुको निगरानी र मार्ग दर्शनमा बालबालिकाहरूको लागि ग्लोबल जुनियर एप मार्फत नवीनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरूमा वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत उपलब्ध हुनेछ । ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर किशोरी प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो ।

यो एप बालबालिकाहरूले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताको रूपमा रहने अभिभावकहरूको समन्वयमा सजिलै सञ्चालन गर्न सकिन्छ ।

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्ने, कारोबारको विवरण थाहा पाउने र क्यूआर कोड मार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन् । यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८१ १९:२९