close

इन्द्रजात्राको रथमा जीपीएस, गल्ली म्याप्सबाट जात्रा भइरहेको ठाउँ हेर्न सकिने

टेकपाना टेकपाना

भदौ २९, २०८१ २०:५४

इन्द्रजात्राको रथमा जीपीएस, गल्ली म्याप्सबाट जात्रा भइरहेको ठाउँ हेर्न सकिने

 

काठमाडौं । गत वर्ष जस्तै यस वर्ष पनि गल्ली म्याप्सले इन्द्रजात्राको रथको लाइभ देखाउने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै नेपालको स्थानीय म्याप सेवाप्रदायक गल्ली म्याप्सले रथमा जीपीएस राखेर लाइभ लोकेसन देखाउने फिचर पुनः ल्याएको जानकारी दिएको हो ।

यससँगै एपबाट इन्द्रजात्रा कहाँ कहाँ भइरहेको छ, इन्द्रजात्रा मनाउने बाटो कहाँ छ भनेर प्रयोगकर्ताले एपमार्फत नै हेर्न पाउन सक्ने भएका छन् । प्रविधि र परम्परालाई जोडेर गरिएको यो कामले प्रयोगकर्ताहरूलाई महोत्सवको अनुभवलाई थप उत्साहित बनाउने कम्पनीले जनाएको छ । 

जसमा ३६० डिग्री दृश्य, सांस्कृतिक कथाहरू र ऐतिहासिक अन्तरदृष्टि सहित विस्तृत नक्साहरू समावेश गरिएका छन् । प्रयोगकर्ताले पुलुकिसी परेड, रोमाञ्चक माजिपा, लाखे नाच र आध्यात्मिक कुमारी जात्रा जुलुस जस्ता प्रमुख घटनाहरू कहाँ भइरहेका छन् भन्ने सजिलै थाहा पाउन सक्ने बताइएको छ । 

मङ्गलबार परेको इन्द्रजात्रामा रथको रियल टाइम अपडेट र लाइभ लोकेसन पाउन गल्ली म्याप्स डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८१ २०:५४