काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले अहिले स्नातक तह (बीई/बीआर्क)मा भर्ना कार्यक्रम सञ्चालन गरिरहेको छ । यो प्रक्रिया अझै केही समय चल्नेछ ।
आईओईका कुन कलेजमा कुन विषय पढाइन्छ, तिनमा कति विद्यार्थी सिट छ, कति विद्यार्थी भर्ना भए, भर्ना हुन कति बाँकी छ जस्ता जिज्ञासा तपाईंसँग हुन सक्छ । यसबारे आईओईको एकीकृत भर्ना प्रणालीमार्फत सजिलैसँग हेर्न सकिन्छ ।
-सबैभन्दा सुरुमा यहाँ क्लिक गरी आईओईको एकीकृत भर्ना प्रक्रियामा जानुहोस् ।
-त्यहाँ माथि तपाईंले चार ओटा विकल्प देख्नुहुन्छ । ती मध्ये 'प्लिज भ्यू'मा क्लिक गर्नुहोस् ।
-त्यसमध्ये ‘क्याम्पस/कलेज सिट’ मा क्लिक गर्नुहोस् ।
-अब यसपछि आउने पेजमा स्क्रोल गर्दै जानुभयो भने आईओई अन्तर्गतका सबै कलेजहरूको भर्नाको अवस्था हेर्न सक्नुहुन्छ । अब कुनै विशेष कलेजको अवस्था हेर्न भने तपाईंले माथिल्लो भागमा भएको कलेज (अल कलेजेज)मा क्लिक गरेर कलेज छान्नुहोस् ।
यसपछि तपाईंले विषयका आधारमा पनि भर्नाको अवस्था हेर्न सक्नुहुन्छ । यसका लागि ‘अल प्रोग्राम’मा क्लिक गरेर कुनै पनि विषय छान्न सक्नुहुन्छ ।
यसरी तपाईंले आफ्नो अनलाइनबाटै आईओईको आङ्गिक तथा सम्बधनप्राप्त कलेजहरूको भर्नाको अवस्था हेर्न सक्नुहुनेछ ।