close

खल्तीमा लिङ्क गरेको प्रभु बैंकबाट किन भइरहेको छैन भुक्तानी ?

टेकपाना टेकपाना

मंसिर १४, २०८१ १६:२

खल्तीमा लिङ्क गरेको प्रभु बैंकबाट किन भइरहेको छैन भुक्तानी ?

काठमाडौं । डिजिटल वालेट खल्तीमा लिङ्क गरिएको प्रभु बैंकबाट कुनै पनि प्रकारको भुक्तानी गर्न समस्या आएको छ । वालेटमा लिङ्क गरिएको प्रभु बैंकको खाता प्रयोग गर्दा भुक्तानी पूरा नहुने समस्या देखिएको हो ।

लिङ्क गरिएको प्रभु बैंकको खाताबाट खल्ती वालेटमा रकम थप्न पनि समस्या भइरहेको छ । यसैगरी कुनै पनि भुक्तानीका लागि प्रभु बैंक छनोट गर्दा समेत कारोबार हुँदैन । यी दुवै अवस्थामा ‘इरोर’ देखिएर ‘पेमेन्ट नट अलाउड फोर दिस बैंक’ भन्ने सन्देश आउँछ ।

खल्तीका ग्राहक सेवा प्रतिनिधिका अनुसार यो समस्या प्रभु बैंकबाट आएको हो । प्रभु बैंकले पनि यो समस्या आफ्नो तर्फबाट भएको पुष्टि गरेको छ । “वालेटमा लिङ्क गरिएको बैंकबाट कारोबार गर्दा विभिन्न समस्या देखिए । ग्राहकका पैसामा समेत तलमाथि भयो,” बैंकका एक अधिकारीले भने, “यसकारण अहिले नै यो समस्या हल नहोला । हामीले ग्राहकलाई हाम्रै मोबाइल बैङ्किङ एप प्रयोग गर्न सुझाएका छौं ।” 

यसबाट आधा पैसा खल्ती वालेटमा र आधा पैसा प्रभु बैंकको खातामा भएको अवस्थामा भुक्तानी गर्न समस्या भएको प्रयोगकर्ताले गुनासो गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८१ १७:५४