close

नीरज मान सैंजु एनसीएचएलको डेपुटी सीईओमा नियुक्त

टेकपाना टेकपाना

मंसिर १६, २०८१ २२:५

नीरज मान सैंजु एनसीएचएलको डेपुटी सीईओमा नियुक्त

काठमाडाैं । नीरजमान सैंजु नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को डेपुटी सीईओमा नियुक्त भएका छन् । रेमिट्यान्स कम्पनी र विभिन्न वाणिज्य बैंकहरूमा १५ वर्षभन्दा लामो समय काम गरेका सैंजुले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।

कम्पनीले सैंजुको अनुभव र कुशलताले एनसीएचएललाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

एनसीएचएलले १२६ भन्दा बढी कर्मचारीमार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस, कनेक्टआईपीएस, कर्पोरेटपे, नेपालपे लगायतका सेवा प्रदान गर्दै आएको छ ।

साथै इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/पीएसओ, सरकारी तथा अर्ध-सरकारी संस्थाहरूसमेत गरी १०० भन्दा बढी अप्रत्यक्ष/प्राविधिक सदस्य यसमा आबद्ध छन् । त्यस्तै नेसनल कार्ड स्विच र नेपालपे कार्ड कार्यान्वयनको प्रक्रियामा रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८१ २२:५