काठमाडौं । डिशहोमले वार्षिक इन्टरनेट सेवामा विशेष अफर ल्याएको छ । यस अन्तर्गत कम्पनीले सबै इन्टरनेट प्याकेजमा तीन महिनाको बोनस र निःशुल्क फाइभजी राउटर दिने भएको छ ।
कम्पनीका अनुसार यो अफर नयाँ तथा पुराना दुवै ग्राहकका लागि लक्षित छ । पुराना ग्राहकले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।
यस योजनाले ग्राहकलाई थप सुविधा र इन्टरनेटको अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
नयाँ जडान गर्न वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकले आफ्नो नजिकैको डिशहोमको आधिकारिक डिलरलाई सम्पर्क गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।