काठमाडौं । नेपाली बजारमा ‘केई एक्स-थ्री प्रो’ ईभी भित्रिएको छ । केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले हालै ९९ किलोवाट मोटर पावर क्षमता भएको यो कार नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) लिथियम आयरन फस्फेट ब्याट्री समावेश छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ ।
यसले सिङ्गल चार्जमा ३७० किलोमिटर (डब्लूएलटीपी) सम्मको रेन्ज दिन्छ । ग्राहकले घरमै ७ किलोवाटको एसी चार्जर प्रयोग गरेर ८ घण्टामा फुल चार्ज गर्न सक्छन् । यसका साथै डीसी फास्ट चार्जिङको सहयोगमा ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
केई एक्स-थ्री प्रो ईभीको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ । यसको ह्विलबेस २६३२ एमएम छ, जसका कारण पाँच सिट क्षमताको यस गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।
यसको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन समावेश गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।
केई एक्स–३ प्रो ईभी पाँच विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ । सीमित अवधिका लागि कम्पनीले यो ईभी ४३ लाख ९६ हजार रुपैयाँमै बिक्री गर्ने भएको छ ।
भाटभटेनी नक्साल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिर्तामोड गरी नौ ठाउँमा केई नेपालका शोरुम सञ्चालनमा छन् ।