close

उत्तर प्रदेश र बिहारमा तार काटिँदा नेपालको इन्टरनेट प्रभावित, डेढ घण्टापछि समस्या समाधान

टेकपाना टेकपाना

माघ २०, २०८१ २३:५

उत्तर प्रदेश र बिहारमा तार काटिँदा नेपालको इन्टरनेट प्रभावित, डेढ घण्टापछि समस्या समाधान

काठमाडौं । भारतको उत्तर प्रदेश (यूपी) र बिहार क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा नेपालका इन्टरनेट सेवाप्रदायकहरू प्रभावित भएका छन् ।

आइतबार राति करिब ९ बजेदेखि नेपालमा अधिकांश इन्टरनेट सेवा सुस्त बनेको थियो । प्रयोगकर्ताहरूले मोबाइल र ब्रोडब्यान्ड इन्टरनेट नचलेको गुनासो गरिरहेका थिए ।

अपस्ट्रिम प्रदायकको मुख्य केबल क्षतिग्रस्त हुँदा नेपाल आउने इन्टरनेट ब्यान्डविथ ठप्प भएको बताइएको छ । यसले गर्दा इन्टरनेट सेवामा समस्या देखिएको हो ।

आवश्यक प्राविधिक मर्मतपछि सेवा पुनः सञ्चालनमा आएको छ । एक नेटवर्क सेवाप्रदायकका प्रतिनिधिका अनुसार हाल नेपालको इन्टरनेट सेवा सामान्य अवस्थामा फर्किसकेको छ ।

(*समाचारको शीर्षक परिवर्तन गरिएको छ । स.)

पछिल्लो अध्यावधिक: माघ २१, २०८१ ९:४०