टेकपाना
माघ २२, २०८१ १३:४३
काठमाडौं । नेपाल टेलिकमको वार्षिक एफटीटीएच इन्टरनेट सेवामा थप एक महिना बोनस पाइने भएको छ ।
आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न गतिका वार्षिक प्याकेजमा एक महिनाको थप सेवा दिने घोषणा गरेको हो ।
नयाँ तथा पुराना दुवै प्रकारका ग्राहकले ५०, ७५, १००, १५० र २०० एमबीपीएसको प्याकेजमा यो बोनस अफर पाउने कम्पनीले जनाएको छ ।
साथै यी प्याकेजमा हरेक दिन ६०० एमबीदेखि १००० एमबी मोबाइल डेटा पाउन सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: माघ २२, २०८१ १३:५०