काठमाडौं । स्मार्टफोन ब्रान्ड ‘नथिङ’ ले आफ्नो नयाँ मोडल ‘नथिङ फोन थ्रीए’ नेपाली बजारमा भित्र्याएको छ । चौधरी ग्रप अन्तर्गतको सीजी मोबाइल्सले यो फोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो ।
गएको मार्च ५ देखि प्रि-बुकिङ खुला गरिएको फोन उपभोक्ताले अत्यधिक रुचाएपछि दोस्रो दिनमै प्रि-बुकिङ बन्द गर्नुपरेको बताएको छ । सीजी मोबाइल्सका महाप्रबन्धक विनय जोशीका अनुसार सीमित स्टकमा उपलब्ध विशेष अफरकै कारण उपभोक्ताको ठुलो चासो देखिएको हो ।
नथिङ फोन थ्रीए आफ्नै विशिष्ट पहिचान बनाइसकेको ‘ट्रान्सप्यारेन्ट ब्याक डिजाइन’ र ‘ग्लिफ लाइटिङ’ सहित आएको छ । यसमा अघिल्लो मोडलमा प्रयोग गरिएको प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याकले प्रतिस्थापन गरिएको छ, जसले फोनलाई थप प्रिमियम लुक दिएको छ ।
फोनमा ५००० एमएएच ब्याट्री, ५० वाटको वायरलेस चार्जिङ, १२० हर्जको एमोलोड डिस्प्ले, स्न्यापड्रागन जेन ७ एस प्रोसेसर र एन्ड्रोइड १५ अपरेटिङ सिस्टम रहेको छ । कम्पनीले तीन वर्षसम्म ओएस अपडेट उपलब्ध गराउने जनाएको छ ।
फोटोग्राफीका लागि फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा दिइएको छ । फोरके भिडिओ शुट गर्न सकिने यो फोनमा अप्टिकल इमेज स्टेबलाइजर फिचर समेत उपलब्ध छ ।
‘नथिङ फोन थ्रीए’ नेपाली बजारमा ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज र १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । ब्ल्याक, ह्वाइट र ब्लु कलर अप्सनमा आएको फोनको सुरुवाती मूल्य ४८ रुपैयाँ ९९९ रुपैयाँ तोकिएको छ ।