काठमाडौँ । सरकारले नागरिक एपलाई सरकारी सेवा प्रदानको मुख्य उपकरण बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
‘नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरेर सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने व्यवस्था गरिनेछ’, राष्ट्रपति पौडेलले बताए ।
यस्तै, सार्वजनिक सेवा प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।